पुस १६, काठमाडौं ।
प्रदेश नम्बर ३ अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सीमान्तकृत माझी समुदायकी रीता माझी सांसद बनेकी छिन् ।
उनी माझी समुदायबाट पहिलोपटक सांसद बन्ने एकमात्र भाग्यमानी महिला हुन् । अहिलेसम्म रामेछापबाट सांसदमा पुग्ने माझी समुदायका कोही थिएनन् ।

राप्रपाले शुक्रबार चयन गरेको समानुपातिक सदस्यमा मन्थली नगरपालिका वडा नम्बर–८ गाईखुराकी रीताको नामसमेत समावेश भएको हो ।
समानुपातिक कोटाबाट सांसद बनेकी रीता राप्रपाको महिला विभाग अन्तर्गत केन्द्रिय सदस्य र नेपाल उत्थान माझी संघकी केन्द्रिय अध्यक्षसमेत हुन् ।
