पुस १६, काठमाडौं ।
मेडिकलबात लागुऔषध बिक्री गर्दै आएका एकजना भारतीय नागरिकलाई प्रहरीले कैलालीको लम्कीबाट पक्राउ गरेको हो ।
लम्की–चुहान नगरपालिका–९ खमरियामा मेडिकल पसल सञ्चालन गर्दै आएका भारतीको लखिमपुरको ३४ वर्षीय छत्र पाललाई प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मेडिकल सञ्चालन गरेर स्वास्थ्यकर्मीको भेषमा लागुऔषध बेच्ने गरेको सूच्नका आधारमा उनको मेडिकलमा छापा मारेको हो ।
उनको मेडिकलबाट प्रतिबन्धित औषधी बरामद गरीएको प्रहरी नायक उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
मेडिकलको आडमा लागुऔषध बिक्री गर्ने गरेको पाइएपछि छत्र पालविरुद्ध लागुऔषध कारोबार अभियोगमा मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
