पुस १५, सुनसरी ।
सुनसरीमा गाई काटी रहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार राति ९ः३० बजेको समयमा सुनसरीको बर्जु गाउँपालिका ५ अमाइबेलामा गाई काटी रहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अमाइबेलास्थित इलाका प्रहरी कार्यालय सीतागञ्ज र चिमडीबाट गएको प्रहरी कमाण्डमा गस्ती गर्दै जाने क्रममा स्थानीय घर आगनमा स्थानीय लुकमान अन्सारीको घर आगनमा स्थानीय ४८ वर्षीय कलाम अन्सारी र निजकै भाई ३८ वर्षीय सावादिन अन्सारीले गाई काटी रहेको अवस्थामा पक्राउ परेका हुन् ।
दुवैलाई घट्नास्थलमा फेला पारी दुवै दाजुभाइलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दुहवीमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीलृ जनाएको छ ।
