वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

१३ पुष २०७४, बिहीबार ०८:१९

पुष १३, काठमाण्डौं ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेका छन्।

बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइरालालगायत पदाधिकारीको भेटपछि बैठकको मिति तय भएको हो। बैठकमा निर्वाचनको समीक्षा र राष्ट्रियसभा अध्यादेशबारे छलफल हुने भएको छ। निर्वाचनमा कांग्रेसले पराजय भोगेपछि कतिपय नेताले विशेष महाधिवेशनको मागसमेत गरेका थिए। बैठकमा निर्वाचनमा भएका अन्तर्घातबारे छानबिनको माग गर्नुका साथै र महासमिति बैठकको माग गर्ने तयारी रहेको एक नेताले जानकारी दिएको राससले समाचार लेखेको छ ।