पुस ८, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर मतपरिणाम समेत सार्वजनिक भएको छ । त्यस चुनावी मतपरिणामले नेपाली राजनीतिमा एक खालको परिवर्तन ल्याएको छ । जसरी दलहरुहरु निर्वाचन सफल पार्न आ–आफ्नो क्षत्रेबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै संघीय गणतान्त्रिक लोकतन्त्रको पहिलो ऐतिहासिक निर्वाचन सम्पन्न गर्न सफल भएको छ । त्यसले नेपाली राजनीतिलाई मुलधारमा ल्याउने प्रयत्न गरेको राजनीतिक विश्लेषक तथा राष्ट्रिय जनमोर्चाका नेता समिर सिहं बताउँछन् । उनले भने अव राष्ट्रय मुद्धमा सबै दलहरु केन्द्रित हुन जरुरी छ ।
नेपालको संसदीय राजनीतिमा बेला बेलामा आउने गरेका मतवेद, अन्तरविरोधहरुलाई अन्त्य गर्दै राष्ट्रिय सहमतिको बाटोबाट मुलुकमा निकासा ल्याउन ल्याउन सबै दल लाग्नु पर्दछ । अबको एउटा निकास भनेको लोकतन्त्रवादी शक्तिहरु वामपन्थी वादी शक्तिहरु आपसमा सहमतिको आधारमा खोज्दै राजनीतिक निकासतर्फ अगाडी बढ्नुपर्छ । पाँच वर्ष काम गर्नका लागि जनताले दिएको म्याण्डेडअनुसार दिगो विकासका लागि राजनीति केन्द्रित हुनुपर्ने बताए । वर्तमान नेपाली राजनीतिमा राजनीतिलाई एउटा व्यापारको रुपमा लिएको उनको भनाई छ । राजनीतिलाई दलहरुले एउटा कमाउने भाँडोको रुपमा लिएको भन्दै यस्त प्रवित्ति नहटेसम्म देसमा विकास र परिवर्तन हुन मुस्किल रहेको बताए । राजनीति सत्तामा जाने भ्रष्ट्रचार गर्ने, कमिसनको खेलमा रमाउने, व्यक्तिगत महत्वकांक्षहरुलाई पुरा गर्ने प्रवित्ति नेपालको राजनीतिमा हावि हुदै गएको पनि नेता सिंहको भनाई रहेको छ ।
जबसम्म यसप्रकारका सोचाई, दृष्ट्रिणमा राजनीतिमा हावि हुन्छ नेपाल देश हाम्रो राष्ट्र उभो लाग्न सकिदैन् । त्यसकारण नेपालका राजनीतिक शक्तिहरुले नेपालका ठूला राजनीतिक दलहरुले यस प्रकारको व्यापारीकरणको राजनीति गर्ने कामहरु भएको छ यसलाई रोक्न पर्छ , निश्वार्थ जनताका लागि जनताका हक र हितका लागि जनताको भावनाहरुसिता साटासाट गर्दै चुनावका बेला मात्रै भोट माग्न जाँदा खोक्रो आश्वासन मात्र दिने होईन भोलीका दिनहरुमा पनि नेपालका नेताहरु जनताबीच पुग्नु पर्छ । उनका समस्याहरु उनका आवाजहरु सुन्न पुग्नुपर्छ र त्यो संग एकाकार हुर्दै देशलाई एउटा समृद्धि र प्रगतितर्फ उन्मुख हुने नेपालीले चाहेको चाहना पुरा हुने उनको भनाई छ । बाँकी भिडियोमा हेर्नुस्

