धादिङमा पसलबाट सिलिण्डर ग्यास किनेर घर लगेको केहि छिनमा नै बिष्फोट

७ पुष २०७४, शुक्रबार ०८:३५

पुष ७, धादिङ ।
धादिङमा पसलबाट सिलिण्डर ग्यास किनेर घर लगेको केहि छिनमा नै पड्केको छ । जसका कारण घर जलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीका बाबुराम तिम्लिसनाले बजारबाट किनेर लगेको ग्यासको सिलिण्डर बिहीबार बेलुका घरभित्र पुर्‍याउँदा विस्फोट भएको प्रहरी ले जनाएको छ ।  उद्योगले पूरानो सिलीण्डरमा ग्याँस भरेको कारण कम गुणस्तरको भएकाले पड्किएको अनुमान गरिएको छ । उद्योगको लापरावाहीका कारण आफनो घर जलेको भन्दै क्षतिपूर्ति उपलब्ध गराउन घरधनी तिम्लसिनाले आग्रह गरेका छन् । मानिस घर बाहिर भएका बेला भएको उक्त विस्फोटका कारण मानविय क्षति भने हुन पाएन् ।