कलाकारीता मार्फत आफनो छुट्टै पहिचान वनाउदै गरेको एउटा अनुहार हो ‘उपसना नेम्वाङ’ । पूवी नेपालको झापा जिल्लाको विर्तामोडमा जन्मेर आम नेपालीको सपनाको शहर काठमाण्डौमा संर्घष गर्दै गरेकी उनै कलाकार उपासना नेम्वाङलाई कला क्षेत्रमा आउने रहर कसरी जाग्यो र कला क्षेत्रमा भोग्दै गरेका याव्त चुनौति के कस्तो छ भनेर शशिशेखर घिमिरेले गरेको कूराकानी ।
उपासना नेम्वाङ को हो ?
-म एउटा कलाकार हुँ । सानैदेखि नाच्ने गर्दागर्दै मलाई कलाकार बन्ने चाहाना भयो । सानोमा स्कूल लगायत मेरो जिल्ला झापाको विर्तामोडमा विभीन्न साँगीतिक कार्यक्रममा नाच्दा नाच्दै अहिल्य म भविष्य खोज्दै काठमाण्डौं आईपुगेको छु । संर्घष गर्दैछु ।
कला के रहेछ ?
-कलाकारीता नै कला हो भन्ने मलाई लाग्छ ।
तपाईलाई कला क्षेत्रमा लाग्ने रहर कसरी जाग्यो ? मूलत तपाई चलचीत्र क्षेत्रमा आवद्ध हुनुहुन्छ ? नि ।
-हो, सानैदेखि नाच्ने गाँउने गर्दागर्दै मलाई यो क्षेत्रमा आउने चाहाना भयो । मलाई विषेश गरि सानैदेखि गौरी मल्ल, राजेश हमाल लगायतका कलाकार मनपथ्र्यो । त्यसकारण उहाँहरुलाई आईडल मान्थें । यहि कारणहरु जानी नजानी मेरो प्रवेश कला क्षेत्रमा भएको हो ।
तपाई ज्यादा नृत्यगना कि नायीका ?
-दुवै ।
यो पेशा कतिको चुनौतिपूर्ण छ ?
-अवश्य नै पेशा, जति यो क्षेत्र बाहिर वसेर हेर्दा सजिलो देखिन्छ, उति नै यो पेशाभित्र छिरे पछि यो भित्रको धेरै पक्षबारे जानकारी पाईदो रहेंछ । जव म गृह जिल्ला झापामा स साना कार्यक्रमहरुमा नाच्थे त्यति बेला चलचित्रको पर्दामा देखिने अनुहारहरुबाट मोहित हुन्थें जानी नजानी यो पेशामा स्थान पाउन मैले ठूलै संर्घष गर्न परेको कुरा जति मलाई थाहा छ, त्यति अरुलाई नहुन सक्छ । यसरी भन्दा पेशा चुनौतिपूर्ण नै छ ।
केहि समय पछि तपाई कोरियाको यात्रामा पनि हुनुहुन्छ ? किन जादै हुनुहुन्छ ?
-हो, म लगायत श्रृष्टि पुन, लोक गायक सुरेश अधिकारी, तारा श्रीस मगरको टोली कोरियामा हुने साँगीतिक कार्यक्रममा भाग लिन त्यहाँ जादैं छौं । आउदो डिसेम्वर २४ मा सिओलमा र ३१ मा बुसानमा हुने उक्त कार्यक्रमको मुख्य उद्देश्य कोरियाको पर्यटकीय गुम्वा वाङछाङछामा बुद्धको मुर्ति प्रतिस्थापन गर्ने उद्देश्य रहेको छ । जस्को आयोजक नेपाली कोरिया डटकम हो । त्यहि सिलसिलामा हुन लागेको कार्यक्रममा भाग लिन हामी त्यता जान लागेका हौं ।
जीवन के रहेछ उपासना नेम्वाङको आँखाले के देख्यो ?
-जीवन सुख र दुखको चौतारी हो । मलाई त्यहि लाग्छ ।
कलाकारीता तपाईको पेशा या सोख ?
-दुवै । म कलाकारीताको अलावा आफनै व्यवसायमा पनि संलग्न छु । आफनो बाबाको अर्गानिक फार्मका विभिन्न उत्पादनमा सहयोग गर्दै पनि छु । त्यसैले कलाकारीताबाट नै मैलै गुजारा गर्नु पर्ने नभएको कारण यो मेरालागी सोख र पेशा दुवै हो । यसो भन्दैमा मैले कलाकारीता क्षेत्रलाई ईग्नोर गर्न खोजेको हैन् । कलाकारीता मेरो प्राण हो ।
कार्यक्रममको सिलसिलामा विदेश जाने आउने गर्दा नेपाली कलाकारप्रतिको सम्मान विदेशी नेपालीहरुको कस्तो देख्छ ‘उपसना नेम्वाङको आँखाले’ ?
-हो, राम्रो प्रश्न सोध्नु भयो । अवश्य नै विदेशमा हामी कार्यक्रमको सिलसिलामा जुन जुन ठाँउ पुगेका छौं त्यो ठाँउका मानिसहरुले गर्ने व्यवहार अत्यन्तै राम्रो हुन्छ । उनिहरुले नेपाली कलाकार, कलाकारीता र संगीतलाई गरेको माया हेर्दा लाग्छ साँच्चै राम्रो क्षेत्रमा प्रवेश गरेको रहेछु भनेर ।
नेपालको राजनीतिक अवस्थालाई उपासना नेम्वाङको आँखाबाट हेर्दा के पाँउछ ?
-हो, राजनीतिले जति गर्न पर्ने हो त्यति नगरेको मलाई लाग्छ । विकास निर्माणको काम जति हुन पर्ने हो त्यति नभएको देखिन्छ । यस्ले गर्दा कता कता नराम्रो अनुभव हुन्छ । नेताहरुले विकास गर्छु भने पनि त्यति सारो नगरेको कारण नेपालको अवस्था देख्दा दिक्क लाग्छ । अव केहि सुधार हुन्छ कि भन्ने आशा गरेको छु ।
कार्यक्रमको सिलसिलामा एशियाकै समृद्ध देश पुगेर फर्केपछि नेपालको अवस्था देख्दा मुटु पोल्छ ?
-अवश्य नै पोल्छ । अरुको देशको सिस्टम बाटोघाटो र हाम्रो देशको बाटोघाटो आकाश पतालको फरक छ, त्यसैले नेताहरुले नेपाललाई पनि विकास गरुन् यहि कामना गर्छु ।
अन्तयमा मैले नसोधेको र तपाईलाई भन्न मन लागेको केहि छ ?
-मलाई आफना कूराहरु राख्ने मौका दिनुभएकोमा धन्यवाद । आगामी दिनमा पनि यस्तै अवशर दिनुहुने छ भन्ने आशा गरेको छु । फेरि पनि धन्यवाद । (लामो हाँसो ………….)