श्याम गुप्ता
पुस ५, बिरगंज ।
बिरगंज महानगरपालिका जगरनाथपुर स्थित सुपर ग्याँसमा लागेको आगो नियन्त्रण बाहिर गएको छ ।
आगलागी नियन्त्रण बाहिर गएकाले आगलागी भएको क्षेत्र वरिपरिका सम्पुर्ण गाउँबासी तथा बिरगंजबासीहरुलाई उच्च सतर्कता आपनाउन स्थनीय प्रसाशनले आग्रह गरेको छ ।
साथै स्थानिय प्रशासनले नियन्त्रणको लागि अन्य आवश्यक बिकल्प समेत प्रयोग गरिरहेको जानकारी दिदै आगलागी नियन्त्रणमा सहयोग गर्न सबैलाई सहयोग गर्न अपिल गरेको छ ।
प्रहरीले अहिले आगलागी भएका नजिकका गाउँहरु खाली गराएको छ । नजिक रहेका गाँउ जगरनाथपुर र नजिकको पटेल नगर सुखचैना गाउँ पुरै खाली भएको छ । प्रहरीका अनुसार ग्याँस उद्योगमा कार्यरत मधुसूदन सिह र यादव अधिकारी बेपत्ता रहेका छन् । घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा बारुणयन्त्र वीरगञ्जका संजीव नेपाल उद्योगका कर्मचारी अम्बिका पटेल र अरुण महतो सख्त घाइते भएका छन् ।
आगलागीमा ग्याँस बुलेट र ग्याँस सिलिन्डर जलेर पड्किरहेकाले आगो निभाउन समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना स्थलमा अहिले नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगलागीलाइ नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।