स्थानः वीरअस्पताल आसपास महाबौद्ध ‘काठमाण्डौं’

शव्द / तस्वीर: शशिशेखर घिमिरे

स्थानः महाबौद्ध, ‘वीरअस्पताल आसपास ‘काठमाण्डौं’
समय: ‘मध्य रात १२ः५७ बजे’, ‘बिहीवार २८ गते’ ।
पात्रः एउटा बालक, ‘साथमा जीउमा महिलो धोक्रो’ ।
उद्देश्यः चुपचाप फोहोरको डंगुरमा केहि खोज्नु ।
अनि सडकमा एकतमासले गुडिरहेका मोटरगाडी  ।


जसै, वीर अस्पताल भएर भोटाहिटी आउने स्थानमा एउटा बालक फोहोरको डंगुरमा केहि खोज्दै थिए, मैले खिचेको तस्वीरको भेउ क्यामेराले फालेको फल्यासले थाहा पाएर होला शायद, उनि त्यहाबाट वेतोडले दौडिए । एकतमासले शहर निदाईरहँदा केहि खोज्दै गरेका ति बालक को थिए ?  सोधखोज गर्न नपाँउदै रातको चकमन्नमा उनी  कता -हराए -कता ।

त्यतिखेरसम्म चुपचाप रानी पोखरीको छेउमै उभिएको घण्टाघरले १ बजेको संकेत दियो र मौन थियो । शहरका थुप्रै मान्छेहरु आलीसान महल र मोटरमा हुँईकिरँहदा वीरअस्पताल अघिल्तीरबाट सुईकुच्चा ठोकेका निद्रोष बालकहरु भोको पेट भर्नकै खातीर रातको चिसोमा अभिशप्त केहि खोज्नु पर्ने नियतीमा जो थिए । जन्मेको सुन्दर थातथलोलाई बिवशता र बाध्यताको जञ्जीरले बेरेपछि शहरको रिमी र झिमीमा आईपुगेका थुप्रै बालकहरु भेटिए क्रमशः रातको अध्याँरोमा । ’em मध्य धेरैको तस्वीर चाहेरै उत्रार्न सकिएन् । कारण हामीले बोकेको क्यामेरा अध्यारोलाई चिरेर ति कलिला अवोध बालकहरुको मलिनो अनुहारमा चमक दिन् सक्ने बरै थिएन् ।

परिचय नै लिन नपाई गुमनाम भएको त्यो बालक त एक प्रतिनीधि उदाहरण मात्र थियो । अघि बढ्दै जाँदा थुप्रै बालकहरु अनेक परिबेश र शैलीमा सडक कव्जा गरेर बसेका थिए । मानौं शहर सुतेपछि शहरका नायक उनिहरु नै थिए, अनि गायक पनि । त्यतिखेर सम्म बगलीमा भएको मोवाईलको स्क्रीनमा रातको १ बजेर २६ मिनेट गईसकेको थियो । साथी शिब लामीछाने र म चुपचाप शहरमा हिडिरहेका थियौं । उद्देश्य के–के थिए, ति छदै थिए । तर बिशेषत हामीलाई सुतेको शहरभित्रका जागेका मान्छेहरुको संसार नियाल्नु थियो ।

हुन त हामी ‘न पेशेबर क्यामरापर्सन थियौं’, न हामीलाई महँगा मूल्यका क्यामेराका सटर स्पीड र एर्पाचरमा कस्तो फोटो आँउछ उत्तिसारो थाहा । बगलीमा सधै झै हुने सामान्य डिजीटल क्यामेराको लेन्सले रातीको चकमन्नमा खिचेका केहि तस्वीर देखायौं ।


प्रकाशित | २०७४ मंसिर २९ प्रकाशित १०:५८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ