गरिमालाई बेलायतको हावाले छुँदै

२७ मंसिर २०७४, बुधबार १०:२६

मंसिर २७, काठमाडौं । (तस्बिर गरिमाको फेसबुक पोष्टबाट)
नेपाली चलचित्र क्षेत्रमा सोझी र सरल अभिनेत्रीको छवी बनाएकी गरिमा पन्तलाई बेलायतको हावाले छुन थालेको, आभास हुन थालेको छ । नेपाली चलचित्रमा अभिनय गर्दा नखुलेकी गरीमा बेलायतको समुद्री किनारमा भने मस्त खुलेकी छिन् ।


केही बर्ष अघि बेलायत बस्ने नेपाली मूलका व्यापारीसँग लगनगाँठो कसेकी अभिनेत्री गरिमाले डायस्पोरा लाईफमा निकै खुल्ने गरेकोे पाइएको हो । नेपालको जीवन शैली र बेलायत पुगेपछिको उनको अवस्थालाई हेर्दा आकाश पातालको अन्तर पाउन सकिन्छ ।
चलचित्र “झोला” मा अभिनय गरेर ठूलै चर्चा पाएकी पन्तले त्यसछि बीपी कोइरालाको “तीन घुम्ती” मा अभिनय गरेकी थिइन् । लामो समयसम्म नेपाली चलचित्रमा योगदान दिएकी गरिमा पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढा छिन् ।