
मंसिर २७, काठमाडौं । करिअर ओरालो लागेपछि अमेरिका हानिएका पुराना नायक दिलिप रायमाझी अझै अभिनयको मोहवाट टाढिन सकेका छैनन् । श्रीमति र छोरीलाई अमेरिकामा सेटल गराएका दिलिपको भने नेपाल आउजाउ जारी छ ।
‘दर्पणछायाँ’ जस्तो सुपरहिट चलचित्रमा अभिनय गरेका दिलिप पछिल्लो समय साना ब्यानरका चलचित्रमा ब्यस्त छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘गोरे’ प्रदर्शनको तयारीमा छ । उक्त चलचित्रको शिर्ष गीत सार्वजनिक भएको छ ।
चलचित्रको शिर्ष गीतमा दिलिप रायमाझी एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा नायिका अनु शाहसँग रोमान्टिक मुडमा देखिएका छन् । ‘गोरे गोरे’ बोलको गीतमा बिकाश चौधरीको संगीत, रन्जीत कुमार सहनीको आवाज र शंकर अधिकारी घायलको शव्द छ ।
रामेश कुमार राइको निर्देशन रहेको यस चलचित्रले दीलिपको अस्ताउँदो करिअरलाई उठाउने विश्वास गरिएको छ ।