“कान्छी” आउदै

२६ मंसिर २०७४, मंगलवार १०:१०

मंसिर २६, काठमाडौं ।
अभिनेत्री श्वेता खड्काको “कान्छी” फिल्मको प्रदर्शन एक साता पर सरेको छ । पहिले २६ माघमा दर्शकमाझ आउने घोषणा गरिएको भए पनि कान्छी अब ४ फागूनमा प्रदर्शन हुनेछ ।

आकाश अधिकारीको निर्देशनमा बनेको कान्छीले घोषणा गरेको २६ माघको मितिमा भूवन केसीको भर्खरै बनेको चलचित्र लाईनमा भएकोले  आपसी सहमतिमा कान्छीलाई एक साता पर सारेको श्वेताले बताएकी छिन् । मूस्ताङका विभिन्न स्थानमा खिचिएको कान्छीमा श्वेता खड्का र दयाहाङ राई मूख्य भूमिकामा छन् भनेर नयाँ पत्रिकाले समाचार लेखेको छ ।