
मंसिर २६,काठमाण्डौ ।
शान्ति र संविधान निर्माणको पक्षमा नेपाली काँग्रेसले गरेका कामहरु जनतालाई बुझाउन नसक्नु नै निर्वाचनमा आफूहरुको पराजय भएको काग्रेसको निश्कर्ष रहेको छ ।
संविधान निर्माणको समेत नेतृत्व लिएको नेपाली काँग्रेसले आम मतदातालाई बुझाउन नसक्दा निर्वाचनमा हार व्यहोर्नु परेको काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले प्रतिक्रिया दिएका छन् ।
काठमाडौंमा आज आयोजित साक्षात्कारमा खाँडले वाम गठबन्धनबीचको सहकार्यले पनि निर्वाचनमा आफ्नो पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको भनाइृ व्यक्त गरे । काँग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन आयोग, नेपाल सरकार र सम्वद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरेको छ ।