मंसिर २५ ,चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन ३ बाट निर्वाचन जित्नु भएको छ ।
आफना प्रतिस्पर्धी विक्रम पाण्डेलाई १० हजार फरक मतले पछि पार्दै दाहालले निर्वाचन आफनो पक्षमा पार्नु भएको हो । दाहालले ४८ हजार २७९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९४२ मत पाएका छन्।
