
मंसिर २५, काठमाडौं । काठमाडौ ३ मा निर्वाचित वाम गठबन्धनका उम्मेद्वारहरु कृष्ण राई र रामेश्वर फुयाँलको जितपछि वृहत विजयी जुलुस सहित घरदैलो कार्यक्रम गरेका छन् ।
निर्वाचन अघि जसरी भोट माग्न जनताको घरदैलोमा पुगेका राई र फुयाँल आफ्नो जीत हासिल पछि पुनः मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा लागेका छन् ।
आईतबार चाबाहिल चुच्चेपाटीदेखि सुरु भएको उक्त ¥याली बौद्ध, जोरपाटी हुदै सुन्दरीजलसम्म पुगेर कोणसभामा परिणत गरेका थिए ।
गोकर्णको शहिदपार्क पुगेर दुवै विजयी उम्मेद्वारले आफूभन्दा अग्लो विरुवा समेत रोपेको थियो ।
कृष्ण राई प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काँग्रेसका उम्मेद्वार अम्बिका बस्नेतलाई पराजित गराएर विजयी बनेका हुन् । त्यस्तै रामेश्वर फुयाँल प्रदेशसभा (ख) बाट काँग्रेस उम्मेद्वार विमल ठकुरीलाई पराजित गराई निर्वाचित भएका हुन् ।
सुन्दरीजलको बसपार्कमा बनाएको निर्वाचन चिन्ह सहितको आकृति