मंसिर २३, काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्र्तगत गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् । डा. भट्टराई ७ हजार १७४ मतले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पछि पार्दै निर्वाचित भएका हुन् ।
डा. भट्टराईले ३२ हजार १०७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरे । भट्टराईलाई नेपाली कांग्रेसको साथ रहेको थियो भने श्रेष्ठलाई एमालेले समर्थन गरेको थियो ।