
मंसिर २३, काठमाडौं ।
नायिका रीमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग २ बर्ष अगाडि बिहे गरेकी थिइन् ।
यी दुइको बिबाह काठमाण्डौको हायात होटलमा भएको थियो । हायात होटलमै आफन्त, चलचित्रकर्मी र केही पत्रकारलाई बोलाएर यी दुइले भव्य भोज समेत दिएका थिए ।
बिहेपछि रीमा कहिलेकाही बेलायत पनि पुग्थिन् । रीमा चलचित्र क्षेत्रमा नै व्यस्त भइन् भने बेलायतमा रोबर्ट आफ्नो काममा व्यस्त भए । रीमाले सामाजिक संजालमा रोबर्टको परिवारसँग बेलायत घुम्दै गरेको तस्बिर पनि पोष्ट गरेकी थिइन् ।
तर, पछिल्लो केही महिनायता रीमाको फेसबुकमा रोबर्ट र उनका तस्बिर आउन छाडेका थिए । रीमा एपीवन टेलिभिजनबाट प्रशारण भएको चर्चित रीयालिटी शो ‘नेपाल आइडल’मा बढी व्यस्त भइन् ।
यस लगतै केही म्यूजिक भिडियोमा समेत काम गरिसकेकी मोरङकी बर्षा र रोबर्ट इन्गेजमेन्ट गरेको देखिन्छ । रोबर्टले बर्षासँग इन्गेजमेन्ट गरेपछि कतै रीमा र उनीविच डिभोर्स त भएको होइन भन्ने प्रश्न सोझिएको छ । वुझिएअनुसार, रीमाले केही महिना अगाडि रोबर्ट र आफ्नो डिभोर्स हुन लागेको उनी निकट साथीहरुसँग बताएकी थिइन् । यसैले, पनि रीमा र रोबर्टको डिभोर्सपछि रोबर्टले अर्को बिहे गर्न लागेको वुझ्न सकिन्छ । यो बिषयमा वुझ्न खोज्दा रीमाको फोन उठेन ।
खबरअनुसार रीमा र रोबर्टविच सहमतिमै २ साता अगाडि डिभोर्स भएको हो । डिभोर्स पश्चात रोबर्टले बर्षासँग इन्गेजमेन्ट गरेका हुन् । नेपाल आएर उनले रीमासँग सहमतिमै डिभोर्स गरेको श्रोतले बतायो । यसपछि, बर्षा र रोबर्टको शुक्रबार इन्गेजमेन्ट भएको थियो । बिहेको मिति भने तय भएको छैन । इन्गेजमेन्ट गरेर रोबर्ट बेलायत फर्किसकेका छन् ।