
पुर्शोत्तम राई
मंसिर २१, झापा । झापाको मेचीनगर नगरपालिका–१०, धुलाबारीस्थित गोपाल गोविन्द इलेक्ट्रोनिक्स पसलको गोदाममा विहीबार दिउँसो आगालगी हुँदा ७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
साढे एक बजेतिर गोदाममा विद्युत सट भइ आगलागी भएको स्थानीय खेम भट्टराईले जानकारी दिए ।
ग्लोबल आइएमइ बैँक धुलाबारी शाखाका प्रबन्धक शुशीलकुमार बुढाथोकीका अनुसार आगलागी दुई वटा दमकल, स्थानीयबासी र प्रहरीको सक्रीयतामा एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
पसलको बीमासमेत नभएकाले पूरै क्षति भएको सञ्चालकद्वय गोपाल गोविन्दलाई उदृत गर्दै प्रबन्धक बुढाथोकीले जानकारी दिए ।