
मंसिर २१, काठमाडौँ । पटकपटक देश टुक्राउने अभिव्यक्तिका कारण पक्राउ पर्दै आएका सिके राउत विहीवार बिहान जनकपुरस्थित निवासबाटै पक्राउ परेका छन् । चुनाव विरोधी गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
जनकपुरमा उनी भाडाको घरमा बस्दै आएका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको छ । राउतले मधेसमा भोट बहिस्कार गर्ने अभियान चलाउँदै आएका थिए ।