च्यातिएको जिन्स लगाउने महिलालाई सजायस्वरुप बलात्कार

२० मंसिर २०७४, बुधबार ०६:४१

मंसिर २०, काठमाडौं ।
इजिप्टका एक वकिलले च्यातिएका जिन्स लगाउने महिलाहरुलाई सजायस्वरुप बलात्कार गरिनु पर्ने अभिव्यक्ति दिएका कारण तीन वर्ष लामो कारावास सजाय सुनाएको छ ।
नाविह अल–वाहस नामक ती वकिललाई १ हजार १ सय ३० अमेरिकी डलर पनि जरिवाना गरिएको छ । गत अक्टोबरमा देह व्यापारी महिलाहरु विरुदको कानुनको मस्यौदा बनाउनेबारे सरकारी टेलिभिजनमा भएको बहस कार्यक्रममा उनले त्यस्तो प्रतिक्रिया जनाएका थिए ।


उनले सो कार्यक्रममा भनेका थिए, “के शरिरका पछाडीको भाग नाङ्गै देखाएर सडकमा हिँडिरहेकी कुनै केटी देखदा तपाईहरुलाई खुशी लाग्छ ? त्यस्ता केटीलाई देख्न साथ यौन उत्पीडन गरिनु राष्ट्र्यि कर्तव्य हुन आउँ । यसरी अंग प्रदर्शन गरी महिलाहरुले पुरुषहरुलाई यौन दुव्ँर्यवहार गर्न हामन्त्रण गरिरहेको हुन्छन् ।”
उनका यस्ता विचारोत्तेजक अभिव्यक्ति सार्वजनिक भएपछि उनलाई कारबाही गर्न व्यापक जन दवाव परेको थियो । गत वर्ष पनि एउटा टेलिभिजन कार्यक्रममा महिलाले टाउकोमा स्कार्फ बाँध्नु नपर्ने बताएका एक धर्म अधिकारी माथि उनी निकै उग्र रुपमा प्रस्तुत भएका थिए ।