३ नम्बर प्रदेशलाई नेवाः प्रदेश या नेपाल ताम्सालिङ नामाकारण गर्न जोड

१७ मंसिर २०७४, आईतवार ०२:३३

मंसिर १७, काडमाडौं । इतिहास, सभ्यतालाई सम्मान गर्दै ३ नम्बर प्रदेशको नाम नेवार र तामाङ ऐतिहासिक पृष्ठभूमिका आधारमा राख्नुपर्नेमा सम्बद्धले जोड दिएका छन् ।

ह्याउँनिभाःपुचः ले राधानीमा आयोजना गरेको अन्र्तरक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधिले सो कुरामा जोड दिएको हुन् । सो अवसरमा उनीहरुले ३ नम्बर प्रदेशमा नेवा तथा तामाङको बाहुल्यता भएकाले यस प्रदेशलाई नेवाः प्रदेश या नेपाल ताम्सालिङ प्रदेश अथवा नेपाल मण्डल राख्नु सम्प्रदायिक नभई इतिहास र सभ्यताको सम्मान रहेको धारणा राखे ।   नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष तथा काठमाडौं क्षेत्र नं. ७ प्रदेश ‘क’ का प्रत्यक्षतर्फको उम्मेद्वार डा. विजय सैंजुले आदिवासी जनजाती समुदायमा पहिचान स्थापित गर्नका लागि आफू नो पार्टी क्रियाशील रहेको बताउँदै नेवाः या नेवाः ताम्सालिङ प्रदेश राख्नु पर्ने नभएमा नेपाल मण्डल प्रदेश नामाकरण हुनुपर्ने धारणा राखे । उनले विकासको नाममा काठमाडौं उपत्यकाको सम्पदा, सभ्यता र वातावरण विनाश हुने गरी भइरहेको कार्यको पनि विरोध गरे ।  आफ्नो पार्टी नेपाली भाषका अतिरित्त नेपाल भाषा र तामाङ भाषामा चुनाव प्रचार गरेको सन्र्दभ उल्लेख गर्दै अध्यक्ष सैंजुले विगतमा डा. केशवमान शाक्य हुँदा वा लक्ष्मण राजवंशी सांसद हुँदा पार्टीको नीति जे–जस्तो भएपनि अहिले जातीय, भाषिक समानता र पहिचानसहित संघीयताको सवालमा स्पष्ट रहेको बताए ।

सो अवसरमा संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य डा. पुष्पराज कर्णिकारले मुलुकमा विद्यमान जातीय, वर्गीय क्षेत्रीय र लैंगिक विभेदलाई हल हुने गरी राज्य पुनर्संरचना नभएसम्म कुनै पनि व्यवस्थाले स्थायित्व प्राप्त नहुने विचार व्यक्त गरे । उनले समुदायगतरुपमा राज्यसत्तामा आदीवासी जनजाती, मधेसी र खस आर्य समुदायको उचित हिस्सेदारी नभएसम्म राजनीतिक आन्दोलन आवश्यक रहने पनि बताए ।
नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता प्रशान्त सिंहले पनि संविधान संशोधनमार्फत राज्य पुनर्संरचनाको उद्देश्य विभेदलाई अन्त्य गर्नुपर्ने धारणा राख्दै आर्थिक समृद्धिको दिशामा अघि बढ्नु पर्ने बताए । उनले अहिलेको संविधान आधा भरिएको गिलास रहेको बताउँदै त्यसलाई संसोधनमार्फत सच्याउनुपर्ने खाँचो औल्याए ।

विवेकशील साझा पार्टीका प्रवक्ता रमेश पौडेलले जातीय तथा साँस्कृतिक पहिचानका लागि सबै लाग्नुपर्ने बताउँदै भने–‘अहिले संवैधानिक परिवर्तनभन्दा पनि भएको व्यवस्थालाई सफल कार्यान्वयन गराउनुपर्छ । त्यसपछि सबे जातीका सबै मानिसलाई गरीखाने वातावरण सिर्जना गर्नुपर्ट । पहिचान जोगाउनेबारे सबैले सजग हुनुपर्छ, हाम्रो पार्टीको पनि साथ रहेको छ ।’

उनले पहिचानको विषयमा आफप्नखो पार्टीले आधिकारिक बनाइसकेको र छलफलकै विषय बनिरहेको जानकारी दिए । प्रवक्ता पौडेलले वाम गठबन्धनले मुलुकलाई स्थायित्व दिने भने पनि समाजवादको नाममा नियन्त्रित अर्थ व्यवस्था अपनाउने हो भन्नेमा आशंका गरे । –नेपाल समाचारपत्र