
मंसिर १६, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्था अझ कडा बनाइने भएको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा ‘परिमाण र गुणात्मक’ रुपमा हिंसात्मक घटना बढ्न सक्ने उचचस्तरिय सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा जाँच कडा गर्न लागिएको हो ।
गहृ मन्त्रालयले तयार गरेको सुरषा योजनालाई पहिलो चरणको निर्वाचनको सन्र्दभमा शुक्रवार समीक्षा गर्दै उच्चस्तरीय सुरक्षा समितिले सुरक्षा सतर्कता अझ बढाउनुपर्ने खाँचो औल्याएको हो े। निर्वाचन शान्तिपूर्ण भयरहि तगर्न यसअघि तयार गरिउका सुरक्षा रणनीतिअनुसार आवश्यक परिमार्जन गरी कडाइका साथ प्रस्तुत हुने निष्कर्ष समितिले निकालेको थियो ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र बल र केन्द्रिय अनुसन्धान विभागलाई समन्वयात्मक तवरमा परिचालन गरिने बताएको छ । समितिको बैठकमा गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नेपाली सेनाका उपरथी शरद् गिरी, नेपाल प्रहरीका महानिरिक्षक प्रकाश अर्याल, सशस्त्र प्रहर िमहानिरिक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी सहभागी रहेको थियो । दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा सुरषा व्यवस्थामा चुनौती दिने विभिन्न घटना भइरहेको निष्कर्ष शुक्रबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय समितिको बैठकले निकालेको हो । सुरक्षा निकायको भूमिका बम विस्फोटन वा हिंसात्मक घटना भइसकेपछि प्रतिक्रियात्मक हुनेभन्दा पनि त्यस्ता घटना हुन नदिने तर्फ विशेष ध्यान दिइने छ । त्यसका लागि चेकजाँच कडाई गर्न लागेको हो ।’ –उच्चस्तरीय सुरक्षा समितिका संयोजक एवं आयुक्त सुधीरकुमार शाहले जानकारी दिए । सो बैठकमा बम विस्फोटन, आगजनीका घटनालाई लिएर सुरक्षा निकायको टीकाटिप्पणी गर्नमा मात्र राजनीतिक दलहरुको भूमिका सीमित भएको भन्दै सुरक्षा निकायको उच्च अधिकारीहरुले असन्तुष्टि व्यक्त गरे । ‘सुरक्षाकर्मीप्रति १० मिटर पर बसेर सुरक्षा दिनु सम्भव छैन । निर्वाचनमा सुरक्षाका लागि राजनीतिक दलले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ ।’ –आयुक्त शाहले भने ।
–नेपाल समाचारपत्र