१४ जनप्रतिनिधिको सामूहिक राजीनामा

९ पुष २०७४, आईतवार ११:३२

पुस ९, खोटाङ ।
खोटाङस्थित दिप्रुङ गाउपालिकाको केन्द्र राख्ने स्थानका विषयमा विवाद हुँदा तीन वडाध्यक्षसहित १४ जनप्रतिनिधिले सामूहिक राजीनामा दिएका छन् ।

दिप्रुङडाँडाको रोशा भञ्ज्याङ एकातर्फ र डाडाँगाउँ वा स–छितापोखरीको नाराङगा भन्ने आर्काेतर्फबीच कुरा नमिलेपछि डाडाँगाउँ नभए नाराङगाको अडान लिने समूहले राजीनामा दिएका हुन् ।


७ वटा वडा रहेको गाउँपालिकाको केन्द्र डाडाँगाउँ वा स–छितापोखरी–५ नाराङगामा नैै राख्नुपर्ने अडान लिदँै आएका दिप्रुङ गाउँपालिका–१ याम्खाका वडा अध्यक्ष शमशेरबहादुर खत्री, वडा न २ का वडा अध्यक्ष भीमबहादुर खत्री र टेम्मा ७ का वडाध्यक्ष धनबहादुर मगरले रजीनामा दिएका हुन् । असन्तुष्ट वडाध्यक्षसहित १४ जना जनप्रतिनिधिले गाउँपालिका प्रमुख भुपेन्द्र राईसमक्ष सामूहिक राजीनामा दिएका हुन् ।

गाउँपालिका केन्द्रका लागि ४ वडा रोशा भञ्ज्याङ र ३ वडा डाडाँगाउँ नभए स–छितापोखरीको नाराङगाका पक्षमा उभिएपछि बिहिबारदेखि शुरु गरिएको सभा स्थगित गरिएको जनाइएको छ ।