विपन्न समुदायलाई कम्बल वितरण

९ पुष २०७४, आईतवार १३:०५

बटुकनाथ झा
पुस ९, जनकपुर ।

विगत केहि दिन देखि बढेको लगातारको शितलहरका कारण जनकपुर लगायतका क्षेत्रको जनजीवन प्रभावित भईरहेको बेला आइतबार महोत्तरीको हलखोरीमा विपन्न समुदायलाई कम्बल वितरण गरिएको छ ।

अमेरिकामा रहेको मधेशीहरुको संगठन एशोसिएसन अफ नेपाल तराई इनअमेरिका(एन्टा)को आयोजनामा भएको दुई दिवसीय लैँगिक संबेदनशिलता तथा बाढीबाट बच्ने तयारी सम्बन्धी दुई दिवसीय कार्यशालाको अन्तिम दिन आइतबार हलखोरीको ६ दर्जन भन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गर्नुका साथै बाढीको बेला अपनाईने सतर्कताको बारेमा बृतचित्र समेत प्रदर्शन गरिएको एन्टाका सदस्य समेत रहेका कार्यशालाका संचालक डा. खुश्बु मिश्रले जानकारी दिनुभयो ।

स्थानिय कुशेश्वर मिश्राको अध्यक्षतामा भएको उक्त कार्यशालाको पहिलो दिन शनिवार लैँगिक संबेदनशिलता तथा लैँगिक हिँसाका बारेमा सहभागी गाउलेहरुलाई जानकारी गराइएको थियो ।

एन्टाका अध्यक्ष विजय सिँहको प्रमुख आतिथ्यमा भएको कार्यशालामा सहभागीहरुले एन्टाका पदाधिकारीले कम्बल वितरण गर्दै लैँगिक संबेदनशिलता तथा बाढीबाट बच्नको लागि दिएको जानकारीले आफुहरु लाभान्वित भएको बताएका थिए ।

उक्त कार्यशालामा नविन मिश्र, सरोज मिश्र लगायतका स्थानिय अगुवा तथा एन्टाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।