युद्धविराम घोषित

२९ मंसिर २०७४, शुक्रबार ०९:३७

मंसिर २९, बोगोटा,(एजेन्सी)
कोलम्बियाको सबैभन्दा ठूलो अपराधिक समूहले राष्ट्रमा शान्ति स्थापना गर्ने उद्देश्यले एकपक्षीय युद्धविराम घोषणा गरेको छ । गल्फ क्लान उर्फ लोस उरेवेनोस नामक सो समूहले १३ डिसेम्बरदेखि सेनामाथि कुनै पनि आक्रमण नगर्ने जनाएको छ ।

यस समूहका नाइकेले आफूले सरकारसमक्ष आत्मसमर्पण गर्ने बताएको तीन महिनापछि युद्धविरामको घोषणा भएको हो । प्रहरीले गल्फ क्लानजस्ता आपराधिक समूहहरु कोलम्बियाको सुरक्षका लागि ठुलो खतरा रहेको बताउँदै आएको थियो । गल्फ क्लानको करिब १ हजार ५ सय सक्रिय सदस्य रहेको बताइन्छ ।