मतदातालाई त्रासमा नपारौं

१५ मंसिर २०७४, शुक्रबार ०६:२४

भीम लामा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा विभिन्न स्थानमा बम विस्फोटका गतिविधिहरु शृंखलावद्ध रुपमा भईरहेको छ । उम्मेद्वार, राजनीतिक दल तथा चुनावी सभालाई लक्षित गर्दै बम विस्फोटका घटनाहरु घटिरहेका छन् । मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा केही छिटपुट रुपमा विस्फोटका घटनाहरु घटेपनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । अहिले उक्त मतदान भएको स्थानहरुको मतपेटिका भने जिल्ला स्थित सदरमुकाममा सिलबन्दी गरेर राखिएको छ । तथापी उक्त मतपेटिका कतिको सुरक्षित हुन्छ भन्ने कुराले भने उम्मेद्वारहरु पिरोलिएका छन् । जसले गर्दा राजनीतिक दलका फरक–फरक टोलि बनाएर कुर्न बसिरहेका छन् । महिलालाई दिनमा र पुरुषलाई रातमा समय छुट्याएर मतपेटिका कुर्ने काम गरिरहेको छ ।

 

 


त्यस्तै मंसिर २१ गते सम्पन्न हुने ४५ जिल्लाका लागि विभिन्न राजनीतिक दल तथा उम्मेद्वाहरु उत्साहितपूर्ण ढंगाले चुनावी अभियानमा लागेका छन् । मतदाताहरुको घर–घरमा मत माग्न जानेको कडा प्रतिस्पर्धा बनेकोे छ । जति उम्मेद्वार तथा राजनीतिक दलहरु भोट माग्न आए पनि मतदातालाई भोट हाल्ने तरिका नसिकाउँदा मतदाताहरु अल्मलिएका छन् । त्यस्तै निर्वाचन आयोगले पनि मतदान शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिरहेको अवस्थामा मतदाताहरु ओझेलमा परेको छ । सरकारले मतदान शिक्षा कार्यक्रमलाई अबौं खर्च विनियोजित गरे पनि मतदान शिक्षा कार्यक्रम भने प्रभावकारी नभएको मतदाताहरु बताउँछन् । समयमा शिक्षा नदिएकोले धेरै मत बदर हुने अनुमान गरेको छ ।

पछिल्ला समयमा चुनावी सभा तथा उम्मेद्वारमाथी लक्षित गरी बम विस्फोटका घटनाहरु बढिरहेको छ । कति गाडी क्षति पु¥याएको छ भने राजनीतिक दलका कार्यकर्ताहरु समेत घाईते भएका घटनाहरु व्यापक छ । सभामा जाने सार्वसाधारण समेत त्यस्ता घटनामा परेको खबरहरु दिनप्रति बढिरहेको छ जसले जनमानसमा त्रास पैदा गराएको छ । निर्वाचन नचाहने तत्वहरुले दिनाहुँ बम पट्काउदा सरकार र सुरक्षा निकाय तातेको छैन् । बम विस्फोट गर्दै हिड्नेहरुको जमत सक्रिया रुपमा अगाडी बढीरहदाँ प्रशासनले त्यसलाई रोक्न सकिरहेको छैनन् । यसले निर्वाचनका लागि सुरक्षामा थप चुनौती थपेको छ । कति ठाउँमा संवेदनशील क्षेत्र समेत घोषणा गरिसकेता पनि उक्त मतदान स्थलहरुमा अनुगमनको कमजोरी भएको जनताको महसुस छ । निर्वाचनलाई स्वच्छ मार्यदित र भयरहति बनाउन सरकारले जिम्मेवारी लिएर आम मतदातालाई त्रासमुक्त वातावरणमा मतदान गर्ने अवसर प्रदान गर्नुपर्दछ ।   अर्को कुरा मतदानको वेला राजनीतिक दलहरुवीच हुने घटना तथा हिंसाका कामलाई रोक्न निर्वाचन अगवै सचेत बन्न प्रशासन तयार रहनु पर्नेछ । राजनीतिक दलले आचारसंसिहता विपरीत गरेको गतिविधलाई रोक्न र निष्पक्ष ढंगाले मतदान गर्ने वातावरण सिर्जना गर्न आवश्यक छ । मतदातालाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकाले भूमिका निभाउन जरुरी छ । सम्बन्धित निकाय यसबारेमा चनाखो हुन आवश्यक छ ।