मकवाननपुर–१ मा कमल थापालाई भारी मतान्तरले एमालेका कृष्णप्रसाद दाहालले हराए

२४ मंसिर २०७४, आईतवार ०३:०८

मंसिर २४, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापालाई पराजित गर्दै एमालेका कृष्णप्रसाद दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट जितेका दाहालले हालका ऊर्जामन्त्री थापाविरुद्ध जितको ह्याट्रिक पुरा गरेका छन् ।

दाहालले ५ हजार ९७३ मतान्तरले थापालाई हराएका हुन् । दाहलले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६५८ मत मात्रै पाए ।  निर्वाचन पूर्वसन्ध्यामा ऊर्जामन्त्री रहेका थापाले हेटौंडा बजारबाट राजमार्ग सार्ने निर्णय गराएपछि दाहाललाई थापाविरुद्ध जित निकाल्न असहज हुने अनुमान गरिएको थियो ।

 

राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गरेर उनी तेस्रोपटक सांसद बनेका छन् । ०४८ र ०५६ सालको निर्वाचनमा उनी सांसदमा निर्वाचित भएका थिए भने ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग हारेका थिए । यसपटक बाम गठबन्धनको साझा उम्मेदवार बनेका दाहालले कांग्रेसाग गठबन्धन गरेका थापालाई पराजित गरेका हुन् ।  विसं. २०२० सालमा जन्मिएका दाहाल २०३७ सालको विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा प्रवेश गरेका हुन् । दाहाललाई अब कमल थापालाई तेस्रोपटक हराउँदै सांसद बनेका हुन् । ४३ मा तत्कालीन ठिंगन गाविसका जनपक्षीय प्रधानपञ्च समेत बनेका दाहालले एमाले मकवानपुरमा चार कार्यकाल नेतृत्व गरेका छन् । उनले ०५४ देखि ०६६ सम्म निरन्तर एमाले मकवानपुरको नेतृत्व सम्हालेका थिए ।