बिकास मार्फत परिवर्तनप्रतिको लक्ष्य नै मेरो चाहाना हो– रामेश्वर फूयाँल

१८ मंसिर २०७४, सोमबार ०८:२५

प्रतिनीधिसभा र प्रदेशसभा अन्र्तगत दोश्रो चरणको निर्वाचन संघारमै छ । चुनावी जोडघटाउ र प्रचारप्रसार र सभा चलिरहेकै बेला काठमाण्डौं क्षेत्र नंम्वर ३ ‘ख’ का प्रदेशसभा अन्र्तगत बामगठवन्धनका प्रत्यक्ष उम्मेदवार तथा पूर्व सभासद रामेश्वर फूयाँलसंग निर्वाचनको सेरोफेरोमा रहेर आयोखवर प्रतिनीधि शशिशेखर घिमिरेले गरेको कूराकानीः

निर्वाचन मार्फत जनता के मागी रहेछन् ? रामेश्वर फूयाँलको आँखाले के देख्यो ?

-हो, विकास प्रतिको चाहाना जनतामा असाध्य धेरै देखियो । सडक, खानपानी , ढलको उचित व्यवस्था होस् भन्ने नै आम मतदाताहरुको चाहाना देखिन्छ । हामी जता–जता पुग्यौ उतै सर्वसाधारणको ठूलो गुनासो मूलतः पानी, यातायात लगायतका दैनिक आवश्यक्ताको विषय नै रहेको पायौं । त्यसलै मैले जनताको ति आवश्यकता र आँकाक्षालाई पूरा गर्छु । मलाई भोट हाल्नुस् भनेको छु । आशा गरौं जनताले पर्सि हुन गईरहेको निर्वाचनमा मलाई मत दिएर विकास प्रतिको चाहानालाई पूरा गर्ने अवसर दिनेछन् ।

यहाँलाइै नै मतदाताले मताधिकार गर्नुपर्ने किन र के कोलागी ?
-अवश्य नै रामेश्वर फूयाँल विकासप्रतिको लक्ष्य लिएर समाजसेवा मार्फत जनताको ईच्छा र आवश्यकतालाई पूरा गर्ने उद्देश्यका साथ राजनीतिमा होमिएको एउटा योद्धा हो । जस्ले घाम पानी नभनी जनताको विकासमा सदा दतचित भएर लाग्यो र लाग्दै आएको छ । अव पनि जनताको वर्षौदेखिका विकासका आवश्यक्तालाई पूरा गर्नकालागी मेरो उम्मेदवारी हो र मलाई त्यसै कारण जनताले चुन्ने छन् भन्ने आशा एबंम् विश्वास गरेको छु । समाजसेवामा निरन्तर तपस्यारत छु । जनताको परिवर्तनप्रतिको लक्ष्य नै मेरो एकमात्र उद्देश्य हो । आर्थिक,सामाजीक र साँस्कृतिक क्रान्तिकोलागी अव अघि बढ्ने बेला भएको छ । वन,जलश्रोत र जडिवुटिको माध्यमवाट समुन्नतीको दिशातर्फ अग्रसर हुन सक्ने आधारहरु निर्माणकोलागी पनि जनताले अव मलाई मात्र हैन बामगठवन्धनलाई भोट दिएर समृद्ध राष्ट्र निर्माणको परिकल्पनामा लाग्नुपर्ने भएको छ ।

निर्वाचन नै पिच्छे चाङका चाङ विकासे योजना लिएर जनताको घरदैलोमा पुग्ने नेताहरु प्रति जनताको एककिसीमको नैराश्यता र रुझान् पनि देखिदै आएको छ नी ? हैन् र ?
-हो, हामीले मूलत जनतासंग गरेका बाँचाहरु जति थियो त्यति पूरा गर्न नसकेको हो । जनमुखि संविधान निर्माणमै मूलत ध्यान केन्द्रीत रहँदा पनि विकास ओझेलमा परेको हुनसक्छ । अस्थीर राजनीतिले देश जति विकास र परिवर्तनमा लम्कनु पर्ने थियो त्यति लम्कन सकेन् । त्यसले स्वाभाविक रुपमा जनतामा नैराश्यता जाग्नु नौलो हैन् । त्यसैले अव वन्ने स्थीर सरकार मार्फत देशले काँचुली फेर्ने छ भन्ने विश्वास दिलाउन चाहान्छु ।

यहाँको उम्मेदवारी रहेको क्षेत्रमै पनि सडकको अवस्था सन्तोषजनक छैन् । जनताहरु ठूलै कष्ट मोलेर यात्रा गर्न बाध्य छन् नी ?
-हो, तपाईले भन्नु भएको कूरा यर्थाथ हो । चुच्चेपाटी–दक्षिणढोका सडक सुधारको लागि काम गरेका छौं । जनतालाई मुआव्जा दिने सवालमा अघि बढ्न गाह्रो भएको छ । चालीस वर्ष अघि बनेका सडकमा डे«न नहुँदा समस्या थपिएका छन् । ति स्थानमा दुवैतर्फ डे«न बनाउने काम भईरहेको छ । ६१ करोड लागतमा काम अघि बढिरहेको छ । जगडोल सुन्दरीजल,नयँपाटी,गागल लगायतका सडकहरुको काम जारी रहेका छन् । कामहरु भईरहेका छन् । तर भनेको समयका सम्पन्न हुन नसक्दा समस्या बढेका हुन् । चाडै नै समस्या समाधान हुन्छ ।

काम छैन भनेर प्रत्येक दिन जस्तो आफनो भूमि बाजै राखेर अर्कोको भूमि सिंचन गर्न जान बाध्य युवाहरुलाई कसरी सम्वोधन गर्ने यहाँको लक्ष्य छ ?
-हो , कामको अधावमा हाम्रा थुप्रै दाजुभाई तथा दीदीबहिनीहरु विदेशीनु पर्ने अवस्था छ । हामीले कृषि र पर्यटनको माध्यमवाट रोजगार सिर्जना गरेर युवाहरुलाई स्वदेशमै रमाउने बातावरण निर्माण गर्दैछौं । त्यसको लागी नेपाल यस्तो देश हो, जहाको मौसम एकदमै राम्रो छ । यहाँ खेल विश्वविद्यालय निर्माण गर्न सकियो भने रोजगारको अवसर त सिर्जना हुन्छ नै खेलका माध्यमवाट देशको छवि पनि बढ्दै जानेछ । पर्यापर्यटन ,हिमपर्यटन,सास्कृतिक पर्यटनको संभावनालाई उजागर गर्न आवश्यक देखिन्छ । यसको लागी मेरो प्रयास रहने छ । नयाँ–नयाँ कामको विकास गर्न हामीले यसअघि पनि रोजगारीमूखी तालीमहरु दिएकै हौं । होमस्टे र साना होटल संञ्चालन देखि अन्य थुप्रै सीपमूलक तालीमहरु हामीले दिएका हौं । अझै रोजगार सिर्जना गर्न कृषिमा आधुनिकीकरणको लागी पनि जोड दिने लक्ष्य राखेको छु ।

यहाको चुनावी भिडन्त स्व. पूर्वसभासद चक्रबहादुर ठकुरीका सुपुत्र बिमल ठकुरीसंग हुदैछ आफनो प्रतिस्पर्धीलाई कसरी आँकलन गर्नु भएको छ ?
-प्रतिस्पर्धीलाई कहिल्य कमजोर नठान भनेर बूढापाकाहरुले पनि भन्दै आएको तपाईले पनि सुन्न भएकै होला । अनि खोला,आगो र शत्रुलाई कहिल्य कमजोर ठान्नु हुन्न भन्ने मलाई लाग्छ । हो, चक्रबहादुर दाई जो स्वर्गीय हुनुभयो । त्यो पक्कै पनि सुखद हैन् । उहाँकै पुत्रसंग मेरो प्रतिस्पर्धा हुने आँकलन छ । जस्तो २०७० सालकै चुनावको कूरा गर्दा मैलै चक्र बहादुर ठकुरी चक्र दाईकै अहिल्यको गोकर्णेश्वर नगरपालीका वडा नंम्बर ८ बेशिगाँउमा उहाँको भन्दा धेरै मत पाएको हुँ । त्यसका साथै मेरो क्षेत्रको मतदाताले मलाई बडो माया गर्नुभएको हो र यो निर्वाचनमा पनि माया गर्नुहुन्छ भन्ने मेरो अपेक्षा हो । यसमा अहिल्य म यति मात्र भन्छु ।

र अन्तयमा शीर्ष नेतृत्वले गरेको बामगठबन्धनभित्र हिजो स्थानीय निकायकै निर्वाचनमा पानी बाराबारको अवस्थामा रहेका कार्यकर्ता र मतदातालाई एकै भएर एउटै डालोमा मत हाल्ने बातावरण गर्ला भन्ने आधार के ?
-हो, अवश्य नै राम्रो प्रश्न गर्नु भयो । फरक पार्टी भएपनि हाम्रो उद्देश्य र सिद्धान्त लगभग उहि हो । एउटै विचारधारा हो । पार्टी एकिकरण नै हुने चर्चा चलिसकेको पनि छ । यसरी हेर्दा अवश्य नै मत हाल्ने कूरामा सोच्नपर्ने कारण देखिदैंन् । अवश्य नै गाँउ ठाँउमा पनि कार्यकताहरु मिलेर हिडेको हुँदा अवस्था राम्रो भएको देख्न सकिन्छ ।