पेस्तोल सहिँत ६ जना पेशेवर अपराधी पक्राउ

५ पुष २०७४, बुधबार ११:०८

श्याम गुप्ता 

पुस ५ , बारा ।

बारा प्रहरीले नलकटुवा पेस्तोल , ७ राउण्ड गोली , १ थान चक्कु , मोवाईल सेट सहिँत ६ जना पेशेवर अपराधी समुहलाई पक्राउ गरि बुधवार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनको आयोजना गरि बुधवार उनीहरुलाई सार्वजनिक गरेको हो । लुटपाट , अपहरण , हत्या जस्ता ठुलै घटना घटाउँने योजनाका साथ आएका अपराधी समुहलाई बारा प्रहरीले बेलैमा पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी गराए । सर्लाहीबाट पेशेवार अपराधीको समुह हतियार सहिँत बारा प्रवेश गरेको सुराक पाएसँगै जिल्लाका विभिन्न नाकाहरुमा दुई दिन देखिको प्रयासबाट ति समुहलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरिक्षक वैदवारले बताए ।

पक्राउ पर्नेमा भारतको बिहार स्थित सीतामढी ग्राम पञ्चायत बिसनपुर गोनाही वडा नं.१ बस्ने ३१ वर्षिय अशोक भनिने पप्पु सहनी , सोही ठाउँका २८ वर्षिय प्रमोद भनिने दिनेश दास , भारत विहार सितामढी ग्राम पञ्चायत सोनवर्षा वडा नं.७ घर बताउँने ३० वर्षिय रमेश भनिने संजय साह , नेपालको सर्लाही जिल्ला मंलगवा नगरपालिका वडा नं.२ बस्ने २९ वर्षिय दिनेश कुमार साह सोनार , सर्लाही किसनपुर गाउँपालिका वडा नं.२ बस्ने ५० वर्षिय रामसेवक महरा , सर्लाही ईश्वरपुर नगरपालिका वडा नं.९ खुशीपुर टोल बस्ने ४२ वर्षिय जगत महरा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सर्लाहीको त्रिभुवन भन्ने स्थानबाट राजर्मागमा रहेका हरिवन , बागमती , चन्द्रनिगाहपुर , निजगढमा रहेको नेपाल प्रहरी , सशस्त्र प्रहरी , ट्राफिक प्रहरी सुरक्षा निकायहरुबाट छल्लिदै राजमार्ग प्रयोग गरि बाराको निजगढ हुँदै कोहल्वी तर्फ ना.१.ह.८०१५ नम्बरको टेम्पोमा जाँदै गर्दा कोहल्वी स्थित भलुवाहीखोर सडकमा चेकजा“चको क्रममा उनीहरु हात हतियार सहिँत नियन्त्रणमा परेको प्रहरी उपरिक्षक बैदवारले बताए ।

१५ दिन अघि योजना बनाई उनीहरुको समुह बारा प्रवेश गरेको खुलेको बताउँदै कस माथि घटना घटाउँने योजनाका साथ आएका र अन्य को को संलग्न छन भन्ने , बारे प्रहरीले गहिरो अनुसन्धान गरि रहेको बारा प्रहरीको भनाई छ ।