धान र मकैको उत्पादनमा वृद्धि

२४ मंसिर २०७४, आईतवार ०४:१२

मंसिर २४, काठमाडौं । बैतडी जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान र मकैको उत्पादन वृद्धि भएको छ । समयमै वर्षा भएकाले तथा किसानलाई उन्नत जातको बीउ वितरण गर्दा धान र मकै उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यस वर्ष बैतडीमा १८ हजार ९ सय मेटिक ट्रन धान उत्पादन भएको छ भने २३ हजार २ सय मेट्रिक टन मकै उच्पादन भएको जिल्ला कृषि विकास कार्यालयका योजना विकास अधिकृत कर्णबहादुर चन्दले बताए । गत वर्ष १६ हजार ४ सय ७० मेट्रिक टन धान र १८ हजार ९ सय ९५ मेट्रिक टन मकै उतपादन भएको थियो । चन्दले भने–‘२ हजार ४३० मेट्रिन टन धान र ४ हजार २०५ मेट्रिन टन मकै बढी उत्पादन भएको छ ।’

बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ भने १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकै खेती गर्ने गरिएको छ । जिल्ला मुख्या खाद्य बालीको रुपमा मकै लगाउने गरिन्छ । केही वर्ष यता जिल्ला कृषि विकास कार्यालयले उननत जातको बीउ वितरण गर्दै आएकाले पनि पछिल्लो समय धान तथा मकै उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ ।
जिल्लाको पाटन, मेलौली, डिलाशैनी, पुचौँडी, दशरथचन्द नगरपालिका, सूर्नयालाई धान उत्पादनका लागि पकेट क्षेत्रको रुपमा लिने गरिएको छ । मकै भने जिल्लाको अधिकांश क्षेत्रका राम्रो उत्पादन हुने गर्दछ ।