मंसिर २५ , दाङ ।
दाङमा शक्तिशाली बम भेटीएको छ । घोराही १८ स्थित नेपाली सेनाको ब्यारेक नजिकै बेवारिसे बम फेला परेको हो ।
बम फेला परेपछी स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । उक्त बम संकटकालमा सेनाले रोखेको हुनसक्ने दाङ प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले उक्त बम नेपाली सेनाले निष्क्रय पारेको जानकारी गराएको पत्रकार गोपाल भट्टराईले जनाउनु भएको छ ।