जहाँ दलितले धारोमा पानी समेत भर्न पाउदैनन्

३ पुष २०७४, सोमबार ११:२०

तेजेन्द्र के.सी.
पुस ३, बुटवल ।
सरकारले छुवाछुत ऐन जारी गरेको दशक विते पनि अर्घाखाँची जिल्लाको  एक गाउँमा दलितलाई एउटै धारामा पानि भर्न दिईदैन् ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका हंसपुर ८ मा दलितहरुका लागी छुट्टै धारो छ । त्यो धारामा पानि नपुगरे अर्को माथिल्लो जातले पानी भर्ने ठाउँमा जादाँ दलितहरु समस्या भग्नुपर्छ । यो समस्या बर्षेदेखी जारी छ ।हंसपुरको दलित बस्ती छ । यहाँको ३५ घरका दलितहरुका लागी छुटैएउटाँ धारो छ, यहाँ पानी भर्न पुगेन भने नजिकै रहेको धारोमा जान खोज्छन, तर यहाँ पानी भर्न पाउँदैनन्, उनीहरु दलित भएकै कारण । पानी भर्न जादाँ ग्रागी फाल्दीने, हाम्रो धारो हो भनेर पानी छुन नदिने गरेको स्थानिय ६९ वर्षकी टुकी परियारले भनिन्, ।

विहान उठ्यो घरको काम गर्न भन्दा पहिले पानी भर्नको चिन्ता, दिउँसो मेलापातमा हिड्यो ३ वजे नै पानी भर्न आउँनुपर्ने समस्या छ हंसपुरमा ।  उमेरले पाकी भएकी ७० वर्षकी चन्द्री परियार कहिँ हिड्न लौरोको साहारा चाहिन्छ, तर उनलाई ५ मिनेट हिँडेर पानी भर्न आउँदा लौरो चाहिएन्, घरमा खानेपानी छैन, सकी नसकी पानी भर्न आउँनुप¥यो चन्द्रीले भनिन् ।  वर्खामा आकाशबाट पानी आईरहदाँ पानीको समस्या कम भएपनी हिउँदमा पानीको बढी समस्या हुने टुकी परियारले भनिन् । विहान र बेलुका १÷१ घण्टा पानी आउँछ, धारामा ग्रागीका लाईन हुन्छन, कहिले काहीँ पानी बन्द हुन्छ रित्तै फर्किनु पर्छ उमेरले ६९ वर्ष भएकी टुकीले भनिन् ।

मालारानी गाउँपालिका हंसपुर ८ परियार टोलको खानेपानीको एउटा मात्र धारो छ, यहाँ ३५ घरले पानी भर्छन, एउँटा ग्रागी भरिन २ मिनेट लाग्छ, २० वर्षकी वविना परियारले भनिन्, कपडाँ धुन, नुहाँउन २ घण्टा हिडेर पधेरोमा जानुपर्छ, तेलको धुप जस्तै बचाँएर खानेपानी खानुपर्ने बाध्यता रहेको उनले भनिन्, ।  दिउँसोको ३ वजे पानी भर्न धारोमा आएकी ३२ वर्षकी हुमा परियारको घरमा ६ जनाको परिवार छ, उनले सवै परिवारलाई खानका लागी पानी ग्रागीमा लगेर पु¥याउँछिन, पानी प्रशस्त हुदाँ २ ग्रागी सम्म पाईन्छ, कम आयो भनी एक ग्रागी त कहिले रित्तै फर्किनुपरेको छ, जती पानी पुग्छ, थोरै लगेर भएपनी दिनभरी पु¥याउँनुपर्छ उनले भनिन्, । खानेपानीका लागी आजभोलि भन्दा निकै समस्या चैत वैशाख पर्छ, पधेरोबाट पानी ल्याउँदा दिन नै वित्छ, टुकीले भनिन्, घरमा छोरा, बुहारी भए पानी ल्याउँन पठाउँन सजिलो हुन्थ्यो, आर्थिक समस्याले छोरा विदेशीनुपर्ने वृद्धवृद्धालाई पानी बोक्न गाहृो छ, उनले भनिन्, ।

स्थानिय तहमा निर्वाचित भएका वडा अध्यक्ष नरेन्द्र बस्नेत यहाँको दलित बस्ती तथा हंसपुरको खानेपानीको समस्या समाधानका लागी सवैभन्दा पहिले ध्यान जाने बताए, उनले अहिले नै दुईवटा योजना लिफ्टिङ खानेपानी फिरफिरेबाट रतनमारे हुँदै यो गाउँ हुँदै काभ्रे सम्म पुग्ने गरी कार्यलाई अगाडी बढाउँने बताए, उनले ४०० घरधुरीलाई पुग्ने गरी खानेपानीको समस्या समाधान गर्न ध्यान जाने बताउँदै हंसपुरको पधेरोबाट देविस्थान मन्दिरमा ल्याएर ८० घरधुरीलाई खुवाउँनका लागि अहिले नै प्रारम्भिक काम सुरू गर्ने बताए ।

तर, स्थानीय हरु भन्छन, धेरैपटक विजयी बनाएर पठाईयो, आशा नै छैन खानेपानी प्रशस्त खान पाउँने त, जिताउँने हामीले हो, जनताको काम कहिल्यै गरेनन, पानी भर्न धारामा आएका सवैले एकजुट भएर भने ।
बर्षेदेखी यस्तो समस्या भोग्दै आएका दलित बस्तिका जनताहरु अव जन प्रतिनिधी आएपछि समस्या भोग्न कम हुने आस गरेको बताउछन् ।