७३ जिल्लाको मतगणना सम्पन्न, ४ जिल्लाको जारी

मंसिर २९, काठमाडौं । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७३ जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन आयोगका अनुुसार अब ४ जिल्लामा मतगणना कार्य जारी छ ।

मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नं। २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना जारी रहेको आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जनाएको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ८८ लाख ३५ हजार ८६८ मतगणना सम्पन्न भएको छ । प्राप्त मत परिणाम अनुसार, नेकपा एमालेले २९ लाख ९७ हजार १३० मत, नेपाली काँग्रेसले २९ लाख ९ हजार २९३, नेकपा (माओवादी केन्द्र) ले १२ लाख २ हजार ३२, संघीय समाजवादी फोरम, नेपालले ४ लाख २१ हजार ५२८, राष्ट्रिय जनता पार्टी, नेपालले ३ लाख ८३ हजार ७०६, विवेकशील साझा पार्टीले १ लाख ९९ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार २८०, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८३ हजार १४३, नयाँ शक्ति पार्टी, नेपालले ७६ हजार १९४, नेपाल मजदुर किसान पार्टी ५२ हजार ६९३ र अन्य दलले ३ लाख २१ हजार ८१६ मत प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।


प्रकाशित | २०७४ मंसिर २९ प्रकाशित ०६:१४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ