५ नम्बर प्रदेशको सरकार वाम गठबन्धनको हातमा, मुख्यमन्त्री शकंर पोखरेल बन्ने पक्का

२७ मंसिर २०७४, बुधबार १२:०३

 

तेजेन्द्र के.सी.

मंसिर  , २७ बुटवल ।

पाँच नम्बरको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धन २ तिहाईभन्दा अगाडि रहेको छ । प्रदेश नम्बर ५ मा रहेका प्रतिनिधि सभाका कुल २६ सिटमध्ये २० सिट बाम गठबन्धनले आफ्नो  पोल्टामा पारेको छ  ।

यस्तै ५ सिट नेपाली कांग्रेसले फेला पारेको छ भने १ वटा सिट फोरमले जितेको छ । यस्तै ५० वटा प्रदेश सभाको सिट रहेको प्रदेश नम्बर ५ मा पनि ४० वटा सिट बाम गठबन्धनले जितेको छ भने ७ वटा प्रदेशसभामा कांग्रेसले जित हासिल गरेको छ भने ३ वटा प्रदेश फोरमले जितेको छ । यो चुवानी नतिजासगै प्रदेश स्तरको सरकार वामबन्धनको हातमा रहेको छ।

जसरी केन्द्रीय सरकार बामको हातमा पुगेको छ यस्तै ५ नम्बर प्रदेश वामगठबन्नको  हातमा पुगेको छ । एमालेका नेता शंकर पोखरेललाई एमाले मुख्य मन्त्रीको रुपमा आगडि सारेको थियो ।

रोल्पाबाट निर्वाचन नलडेर माओबादि केन्द्रका कृष्ण बहादुर महारालाई  दाङ्गवाट प्रतिनिधी सभा उम्मेदार बनाएईएको थियो । जुन शंकरको क्षेत्रको हो शंकरलाई मुख्य मन्त्री बनाउने भएकोले प्रदेसमा उम्मेदादरी दिन लागएको मनोनयन पत्र दर्ता गरेपछि महरा र पोखरले दागमा संचारकर्मिहरुसगँ खुलाएका थिए । एमाले योजना अनुसार नै उहिले शंकर पोखरले मुख्य मन्त्री बन्नको लागि दुई तिहाई प्रदेशमा आएपछि ढुक्क सगं मुख्य मँन्त्री बनाउने एमाले लागेको एमालेका नेताहरु बताउछन् ।

यस्तो छ ५  नम्बरको जिल्लाहरुको नतिजा

रूपन्देहीमा ५ वटा प्रतिनिधि सभा तथा १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा बाम गठबन्धनले अग्र स्थानमा जित निकालेको छ । जिल्लामा ३ वटा प्रतिनिधि सभा बाम गठबन्धनले जित निकालेको छ भने २ स्थानमा कांग्रेसले जित हासिल गरेको छ । यस्तै प्रदेश सभामा ६ वटा बाम गठबन्धनले जित निकालेको छ भने ३ वटामा लोकतान्त्रिक गठबन्धनले जित्यो । १ वटा स्थानमा फोरम लोकतान्त्रिकले जितेको छ ।

पाल्पामा बामको क्लिन स्वीप:

२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाल्पा जिल्लामा बाम गठबन्धनले क्लि स्वीप गरेको छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा बाम गठबन्धनका दलबहादुर राना विजयी बनेका छन् ।  उनले नेपाली कांग्रेसका उम्मेद्वार विजयराज घिमिरेलाई पराजित गरेका छन् । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा क क्षेत्रमा पनि बाम उम्मेद्वार युवराज खनाल विजयी बनेका छन् । सोहि क्षेत्रका प्रदेश सभा ख मा बाम गठबन्धनका उम्मेद्वार नारायणप्रसाद अर्याल १४ हजार ७ सय ६५ ममत सहित निर्वाचित बनेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दानबहादुर पछाई क्षेत्री १० हजार ५ सय २ मत ल्याएका थिए । यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा बाम उम्मेद्वार सोम प्रसाद पाण्डे विजयी बनेका छन् । उनले नेपाली कांग्रेसका उम्मेद्वार हरिप्रसाद नेपाललाई पारजित गरेका छन् । यस क्षेत्रको प्रदेश सभा क मा बाम उम्मेद्वार पुरनमान बज्राचार्य विजयी बनेका छन् । यस्तै प्रदेश सभा ख मा बाम उम्मेद्वार तुलाराम घर्तीमगर विजयी बनेका छन् ।

गुल्मी २ मा एमाले सचिव विजयी:

२ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मी जिल्लामा समेत बाम गठबन्धनले जित निकालेको छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका सचिव प्रदिपकुमार ज्ञवाली र चन्द्र भण्डारीको प्रतिस्पर्धा रहेकोमा ज्ञवाली विजयी बनेका छन् ।

सोही क्षेत्रको प्रदेश सभा क्षेत्र नम्बर क मा बाम उम्मेद्वार सुदर्शन बराल विजयी बनेका छन् । प्रदेश सभा ख मा बाम गठबन्धनका उम्मेद्वार कमलराज श्रेष्ठ १९ हजार ५ सय ९१ ममत सहित विजयी बनेका छन् । जिल्लाका प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका अर्का सचिव गोकर्ण विष्ट विजयी बनेका छन् । सोही क्षेत्रको प्रदेश सभा क्षेत्र नम्बर क मा बाम उम्मेद्वार खड्गबहादुर खत्री विजयी बनेका छन् ।  प्रदेश सभा ख मा बाम उम्मेद्वार दिनेश पन्थी विजयी बनेका छन् ।

प्युठानमा बामको जित :

प्यूठानमा बाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी भएकी छन् ।सय ८८ मतको अन्तरमा पछि पार्दै पौडेल विजयी भएकी हुन् । जिल्लाको प्रदेश सभा क मा बाम उम्मेद्वार हरिप्रसाद रिजाल विजयी बनेका छन् ।

यस्तै प्रदेश सभा ख मा बाम उम्मेद्वार कृष्णध्वज खड्का विजयी भएका छन् ।

रुकुम पूर्वमा बामको जित:

 

१ वटा प्रदेश सभा निर्वाचन क्षेत्र तथा २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुकुम जिल्लामा पनि बामले जित हासिल गरेको छ ।जिल्लामा बाम उम्मेद्वार कमला रोका विजयी बनेकी छन् ।

जिल्लाको प्रदेश सभा क मा बाम उम्मेद्वार तेजबहादुर वली विजयी बनेका छन् । यस्तै प्रदेश सभा ख मा बाम उम्मेद्वार पूर्णबहादुर घर्ती मगर विजयी बनेका छन।

नवलपरासी पश्चिममा समान नतिजा:

२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको नवलपरासी पश्चिममा समान नतिजा आएको छ । जिल्लाको १÷१ वटा निर्वाचन क्षेत्र बाम र कांग्रेसले जितेका छन् । जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेद्वार हृदयेश त्रिपाठी विजयी बनेका छन यस्तै प्रदेश सभा क मा बाम उम्मेद्वा दीपेन्द्रकुमार अधिकारी विजयी बनेका छन् । यस्तै प्रदेश सभा ख मा पनि बाम उम्मेद्वार अजय शाही विजयी बनेका छन् । यस्तै जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल विजयी बनेका छन् ।  सो क्षेत्रको प्रदेश सभा क्षेत्र क मा बाम उम्मेद्वार बैजनाथ चौधरी थारु विजयी बनेका छन् ।यस्तै निर्वाचन क्षेत्र ख मा नेपाली कांग्रेसका वैजनाथ कलवार विजयी बनेका छन् ।

दाङ्गमा पनि वाम:

दाङका प्रतिनिधि सभाका लागि ३ क्षेत्रमा बाम गठबन्धनले जित हासिल गरेका छन् । क्षेत्र नं. १ मा एमालेका मेटमणी चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनबाट एमालेका मेटमणी चौधरी विजयी भएका छन् ।

क्षेत्र नं. १ निर्वाचन क्षेत्रबाट प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रका नेता इन्द्रजित थारु विजयी भएका छन् । त्यस्तै(ख) मा नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्मा निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नं २ बाट कृष्णबहादुर महरा विजयी भएका थिए

दाङ क्षेत्र नं. २ (क) मा नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल निर्वाचित भएका छन् । पोख्रेलले २० हजार ७ सय ११ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेलाई ११ हजार १ सय ६९ मत मात्रै प्राप्त भएको थियो । उने प्रचारको क्रममा नै मुख्य मन्त्रीको रुपमा प्रचार गर्दे मत मागेका थिए । त्यस्तै(ख) मा प्रदेश सभाका लागी नेकपा एमालेका नेता अम्मरबहादुर डाँगी विजयी भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका हिराचन्द्र केसी विजयी भएका छन् । त्यस्तै क्षेत्र नं. ३ क मा नेपाली काँग्रेसका नेता एवं श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

दाङमा काँग्रेसको तर्फवाट निर्वाचित हुने चौधरी पहिलो नेता हुन् । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्य ख बाट नेकपा एमालेका युवा नेता तथा बाम गठबन्धनका उमेदवार उत्तरकुमार वली विजयी भएका छन् ।

कपिलवस्तुमा बामकै अग्रता:

३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा बामको अग्रता छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा बामका उम्मेद्वार चक्रपाणि खनाल विजयी बनेका छन्  ।

प्रदेश सभाको निर्वाचन क्षेत्र क मा बाम उम्मेद्वार विष्णुप्रसाद पन्थी विजयी बनेका छन् । प्रदेश सभानिर्वाचन क्षेत्र नम्बर ख मा फोरमका सहसराम यादव विजयी बनेका हुन् । यस्तै जिल्लाका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वार बृजेशकुमार गुप्ता विजयी बनेका छन् । सोही क्षेत्रको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क मा बाम उम्मेद्वार दृग नारायण पाण्डेय विजयी बनेका छन् । यस्तै प्रदेश सभा ख मा बाम उम्मेद्वार धर्मबहादुर लाल श्रीवास्तव विजयी बनेका छन् । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेद्वार अभिषेकप्रताप शाह विजयी बनेका छन् । सोही क्षेत्रको प्रदेश सभा क्षेत्र नम्बर क मा एमालेका अर्जुनकुमार केसी विजयी बनेका छन् । यस्तै प्रदेश सभा क्षेत्र नम्बर ख मा नेपाली कांग्रेसका उम्मेद्वार वीरेन्द्रकुमार कनौडिया विजयी बनेका छन् ।

रोल्पा पनि बाममय:

एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको रोल्पामा सो क्षेत्र तथा प्रदेश सभा सबै बामले जितेको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा बाम उम्मेद्वार वर्षमान पुन विजयी बनेका छन्  । जिल्लाको प्रदेश सभा क्षेत्र नम्बर क मा बाम उम्मेद्वार कुलप्रसाद केसी विजयी बनेका छन् । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख मा पनि बाम उम्मेद्वार दिपेन्द्रकुमार पुन मगर वजयी वनेका छन् ।

बर्दियामा मिश्रित परिणाम:

२ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बर्दियामा मिश्रित परिणाम आएको छ । प्रतिनिधि सभा १ मा नेपाली कांग्रेसका सञ्जयकुमार गौतम ४४ हजार ८ सय ३४ मतसहित विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका बामदेव गौतमले ४४ हजार ७६ मत ल्याउँदै पराजय भोगेका छन् । प्रतिनिधि सभा १ प्रदेश सभा क मा बाम उम्मेद्वार कविराम विजयी बनेका छन् । यस्तै ख क्षेत्रमा बाम उम्मेद्वार तिलकराम शर्मा विजयी बनेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा बाम उम्मेद्वार सन्तकुमार थारु विजयी बनेका छन् । सो क्षेत्रको प्रदेश सभा क मा बाम उम्मेद्वार कुलप्रसाद पोखरेल विजयी बनेका छन् । यस्तै ख क्षेत्रमा बाम उम्मेद्वार दीपेश थारु विजयी बनेका छन् ।

बाँकेमा २ वाम, १ फोरम

 

३ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बाँकेमा २ स्थानमा बामले जिेतको छ भने एक स्थानमा फोरमले जित हाँसिल गरेको छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम उम्मेद्वार महेश्वरजंग गहतराज विजयी बनेका छन् ।

सोही निर्वाचन क्षेत्रको प्रदेश सभा क मा बाम उम्मेद्वार कृष्णा केसी विजयी बनेका छन् प्रदेश सभा २ मा बाम गठबन्धनकी उम्मेद्वार आरती पौडेल विजयी बनेकी छन् ।प्रतिनिधि सभा २ मा फोरम उम्मेद्वार मोहम्मद ईश्तियाक राई विजयी बनेका छन् । सो क्षेत्रको प्रदेश सभा १ मा फोरमका विजय बहादुर यादव विजयी बनेका छन् । यस्तै ख मा कांग्रेस उम्मेद्वार सुरेन्द्रबहादुर हमाल विजयी बनेका छन् । यस्तै जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा बाम उम्मेद्वार नन्द लाल रोका क्षेत्री विजयी बनेका छन् । सोहि क्षेत्रको प्रदेश सभा क मा एमाले उम्मेद्वार ईन्द्रप्रसाद खरेल विजयी बनेका छन् । प्रदेश सभा ख मा बाम उम्मेद्वार बाबुराम गौतम विजयी बनेका छन् ।

अर्घाखाँचीमा वामकै दबदबा, कांग्रेस शून्य:

प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी अर्घाखाँचीबाट तेस्रो पटक विजयी भएका छन् । प्रदेश सभा १ मा वाम गठबन्धनका चेतनारायण आचार्य र यस्तै प्रदेश सभा २ मा वाम गठबन्धनका रामजीप्रसाद घिमिरे बिजयी बनेका छन् ।