३२ जना उम्मेदवारको जमानत जफत

२६ मंसिर २०७४, मंगलवार १४:५१

मंसिर २६, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दोलखा जिल्लाबाट उम्मेदवार बनेका ३२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका दोलखा जिल्लाका ३८ मध्ये ३२ जना उम्मेदवारले निर्वाचन ऐनअनुसारको मत ल्याउन नसक्दा जमानत जफत भएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ बमोजिम ३२ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ भन्ने कानून रहेको छ ।