२० रुपैयाँको नोटले किन रोक्यो मतगणना ?

२५ मंसिर २०७४, सोमबार ०६:०५

मंसिर २५ ,सुनसरी ।
सुनसरी क्षेत्र नंम्वर ३ का काँग्रेसभित्रका उम्मेदवार विजय कुमार गच्छदार र बामगठवन्धनवाट उम्मेदवार रहेकि भगवती चौधरीवीच कडा टक्कर परिरहेको छ ।

दुवैवीचको मतगणना कहिल्य तल कहिल्य माथि परिरहँदा अक्रस्मात २० रुपैयाको नोट मतपेटिकामा फेला परेपछि मतगणना नै स्थगीत भएको सुनसरीका पत्रकार हेमराज दाहालले जनाएका छन् । मतगणनाको पछिल्लो मतपरिणामअनुसार चौधरीको २९ हजार ३२६ मत छ भने  गच्छदारको २९ हजार १७१ मत रहेको छ। सो विषयलाई लिएर विवाद हुँदा मतगणना स्थगित भएको हो। अझै झण्डै २० हजार मतगणना बाँकी रहेको छ।