सुनसरी क्षेत्र नम्बर ३ मा चौधरीको सपना गच्छदारले पारे चकनाचुर

मंसिर २७, काठमाडौं । प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी भएका छन् ।

गच्छदारले एमालेकी भगवती चौधरीलाई झिनो मतले पछाडी पार्दै बाजी मारेका हुन् । गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे । उनक निकटतम प्रतिद्धन्द्धी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।

गच्छदार २०४८ साल यता ६ वटै निर्वाचनमा विजयी हासिल गर्दै आएका छन् । नेपाली नेताहरुमा ६ वटै निर्वचन जित्ने उनी दोस्रा नेता हुन् ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि ०४८ साल यताका सबै निर्वाचनमा जित हासिल गर्दै आएका छन् ।


प्रकाशित | २०७४ मंसिर २७ प्रकाशित ०६:००

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ