सिन्धुपाल्चोकमा हेभी उम्मेद्वार राणा र बस्नेतलाई पराजित गराउँदै वामका लामा र सापकोटा निर्वाचित

२३ मंसिर २०७४, शनिबार ०३:१२

मंसिर २३, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको १ र २ निर्वाचन क्षेत्रका प्रतिनिधिसभा तर्फको मत परिणाम सार्वजनिक भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रका दुबै क्षेत्रमा लोकतान्त्रिकलाई भारी मतअन्तरले पछि पार्दै आफ्नो जित सुनिश्चित गरेका छन् ।   प्रतिनिधिसभा तर्फको क्षेत्र नं. १ मा वामगठबन्नधका उम्मेद्वार अग्नि सापकोटाले ७८६९६ खसेको मतमा ४०५०४ प्राप्त गरि विजय भएको छ भने उनका प्रतिद्धन्दीका रुपमा रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदार मोहन बहादुर बस्नेतले २९७९८ प्राप्त गरे ।

त्यस्तै निर्बाचन क्षेत्र नं. २ मा वामगठबन्धनका उम्मेद्वार शेर बहादुर तामाङले ७७९९४ जम्मा खसेको मतबाट ३८४१० मत आफ्नो पक्षमाल्याएर विजय विजयी भएका छन् । उनको प्रतिद्धन्दिका रुपमा रहेको लोकतान्त्रिक गठबन्धनका उम्मेदार पशुपति सम्सेर राणाले ३०३६९ प्राप्त गरेको छ । तस्बीर अस्मिता स्याङतान