साहित्यकार प्रेमा शाहको निधन

७ पुष २०७४, शुक्रबार १०:३३

पुष ७ , बीरगंज ।

बीरगंज निवासी साहित्यकार प्रेमा शाहको निधन भएको छ । पछिल्लो समय अमेरिकामा बस्दै आएकी उनको इन्टर माउण्टेन हस्पिटलमा निधन भएको हो।

साहित्यकार शाह नायिका जल शाहकी आमा हुन् । विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो । त्यसपछि उनले विभिन्न पत्रिकामा कथा र लेखहरु लेखिन् । उनको पँहेलो गुलाफ (कथा संग्रह ०२३) मा प्रकाशित भएको थियो । पँहेलो गुलाफ नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानमा आधारित भएर लेखिएको सशक्त कृति मानिन्छ ।