सरकारी गाडी दुरुपयोग

९ पुष २०७४, आईतवार ०५:३६

पुस ९, काठमाडौं । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यालय प्रयोजनार्थ प्रयोगमा रहेको बा १ झ ५४६६ नम्बरको सरकारी गाडी दुरुपयोग हुँदै आएको छ ।

सो गाडी कार्यालय अघि पछि र सार्वजनिक बिदाको दिनमा समेत प्रतिष्ठानकी उपकार्यकारी निर्देशक डा. इन्द्रकुमारी अधिकारीको बूढानीलकण्ठस्थित निवास परिसरमा भेटिन्छ ।  अधिकारीलाई त्रिपुरेश्वरस्थित कार्यालयमा ल्याउन, पु¥याउन प्रतिष्ठानले छुट्टै चालक खटाएको छ ।  तर, चालकले उनीसहित सरकारी गाडीलाई निजी साधनसरह निवासमा छाडेर फर्किने गरेका छन् ।

प्रतिष्ठानका एक कर्मचारीले भने, ‘३÷४ महिना भयो अधिकारीले चड्ने गाडी प्राय बूढानीलकण्ठतिरै हुन्छ, अरु गाडी चाहिँ बिदाको दिनमा पनि कार्यालयमा राख्ने गरिएको छ ।’ परराष्ट्र मन्त्रालय मातहतको सो कार्यालयमा गत बर्ष उपकार्यकारी निर्देशकको राजनीतिक नियुक्ति लिएकी अधिकारी उपसचिवस्तरकी कर्मचारी हुन् । –नेपाल समाचारपत्र