समानुपातीक तर्फ गोरखामा काँग्रेस बन्यो पहिलो

२७ मंसिर २०७४, बुधबार १०:२२

मंसिर,२७ गोरखा ।
गोरखामा नेपाली काँग्रेस समानुपातिकतर्फको मतगणनामा पहिलो पार्टी बनेको छ ।

कूल एक लाख २३ हजार ७७६ खसेको मतमा काँग्रेसले ३५ हजार ४१९ मत ल्याउदै पहिलो बनेको हो । यसैगरि नेकपा माओवादी केन्द्रले ३४ हजार ७७३ मत ल्याउदैं दोस्रो पार्टी बनेको छ भने १८ हजार ४१३ मत ल्याएर नयाँ शक्ति पार्टी तेस्रो र १७ हजार ८१३ मतका साथ एमाले चौथो पार्टी बनेको छ । त्यस्तै प्रदेशतर्फ भने माओवादी केन्द्र अघि छ । ३२ हजार ९३३ मतका साथ माओवादी पहिलो बन्दा ३२ हजार ५९७ मतका साथ काँग्रेस दोश्रो र नयाँ शक्तिले १८ हजार ८०७ ल्याउदै तेश्रो र एमालेले १७ हजार १२३ मतका साथ अन्तिम बनेको छ । क्षेत्र नं १ मा खसेको ९८ हजार ९२२ मध्ये काँग्रेस १९ हजार ८० मतले अगाडि छ । माओवादी केन्द्रले १७ हजार १२५ मत ल्याएको छ । एमालेले ११ हजार ७८० र नयाँ शक्तिले ६ हजार ५९९ मत ल्याएको जिल्ला निर्वाचन कार्यालउले जनाएको छ । क्षेत्र नं १ को प्रदेश क मा माओवादी केन्द्रको नौ हजार ७७५, काँग्रेसको आठ हजार ३२२, एमालेको चार हजार ६५४ र नयाँ शक्तिको चार हजार २७२ मत आएको देखिन्छ । प्रदेश २ मा काँग्रेसको नौ हजार १४४, माओवादी केन्द्रको छ हजार ९८७, एमालेको छ हजार ७०४ र नयाँ शक्तिको दुई हजार ८१८ मत आएको वताईएको छ ।

यस्तै क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको १७ हजार ६०८, काँग्रेसको १६ हजार ३३९, नयाँ शत्तिलको ११ हजार ८१४ र एमालेको छ हजार ३३ मत खसेको निर्वाचत अधिकृत एकनारायण लम्सालले बताउनुभयो । प्रदेश ९ क मा माओवादी केन्द्रको सात हजार २४८, काँग्रेसको हजार २१६, नयाँ शक्तिको सात हजार ४३७ र एमालेको तीन हजार ४८१ मत आएको छ । प्रदेश ख मा माओवादी केन्द्रको नौ हजार ३२३, काँग्रेसको आठ हजार ९१३, नयाँ शक्तिको चार हजार २८० र एमालेको दुई हजार २८४ मत आएको हो । प्रत्यक्षतर्फ चारवटा प्रदेशमा काँग्रेस, एमाले, माओवादी र नयाँ शक्तिले एक÷एक सिट जितेका थिए भने प्रतिनिधिसभातर्फ नयाँ शक्तिबाट गोरखा–२ मा बाबुराम भट्टराई र गोरखा–१ मा माओवादी नेता हरिराज अधिकारी विजयी भएका थिए ।