भनसुनविनाको रोजगार र मनसुनविनाको सिंचाई मेरो चाहनाः सांसद फुयाँल

१२ पुष २०७४, बुधबार ०७:०१

पुस १२, काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा काठमाडौं ३ अन्र्तगत प्रदेश १ बाट निर्वाचित सांसद रामेश्वर फुयाँलले आफ्नो कार्यकालमा भनसुन विनाको रोजगारीको अन्त्य गर्ने नीति ल्याउने बताएको छ । सरकारका हरेक निकायमा कर्मचारी नियुक्ति गर्दा स्वस्थ प्रतिस्पर्धाको आधारमा दक्ष र क्षमता भएका व्यक्ति मात्र आउनु पर्ने बताउँदै अब भनसुनको रोजगारीलाई अन्त्य गर्ने बताए ।

सांसद फुयाँलले आफु सधै्र जनताको पक्षमा काम गर्दै आएको र अबको दिनमा पनि जनताको कामको लागि कुमाल जस्तै आफुलाई उतार्ने बताए । आयो खबरको विशेष कार्यक्रममा बोलदै फुयाँलले आफुले उठाएको मुद्ध समाज र जनताको पक्षमा भएको भन्दै रुपान्तरित संविधान सभामा आफुले महत्वपूर्ण योगदान पु¥याउँदै आएको जिकिर गरे । काठमाडौं क्षेत्र नं. ३ का जनताले आफुले गरेको कामको मूल्यांकनका आधारमा यस पटक पनि प्रदेशसभातर्फ प्रत्यक्षमा निर्वाचित गराईदिएकोमा आम मतदातालाई धन्यवाद समेत दिए ।

विकास निर्माणका कामलाई तिव्र रुपमा अगाडी बढाउँदै आएको र अगामी दिनमा पनि आफ्नो निर्वाचन क्षेत्रमा विकासका पूर्वाधारलाई आधुनिकिकरण गराउँदै लैजाने बताए । सामाजिक अपराध, महिला अधिकार, र पिछाडिएको वर्गको हक र अधिकारका लागि आफ्नो ठाउँबाट प्रशस्त आवाज उठाउने पनि उनले भने ।  पार्टीले दिएको निर्देशनअनुसार आफू इमान्दारपूर्वक अगाडी बढ्ने बताउँदै प्रदेश ३ मा जुनसुकै जिम्मेवारी दिए पनि आफूले बहन गर्ने बताए । उनले भने–‘मेरो क्षमता र अनुभवका आधारमा पार्टीले मलाई मन्त्री वा मुख्य मन्त्रीको जिम्मेवारी नै दिए पनि आफु ग्रहण गर्नेछु ।’ बाँकी कुराकानी अन्र्तवार्तामा हेर्नुस्…..