बेलायत युरोपियन युनियनबाट सन् २०१९ को मार्चमा अलग हुँदै

पुस १, काठमाडौं । बेलायत युरोपियन युनियनबाट आगामी सन् २०१९ को मार्चमा अलग हुँदैछ ।

यूरोपेली आयोगका प्रमुख जाँ क्लड यंकरले आगामी हप्ता सुरु हुने ती वार्तामा बेलायत औपचारिक रुपमा ईयुबाट बाहिरिएपछिको संक्रमणका सर्तहरु’bout छलफल गरिने बताए ।  व्यापार र सुरक्षासहित बेलायत र युरोपियन युनियनबीच दीर्घकालीन सम्बन्ध अघि बढ्न सक्ने संकेत यसबाट मिलेको छ ।  यूरोपेली आयोगका अध्यक्ष जाँ क्लड यंकरले अबको प्रकृया झनै कठिने हुने भन्दै सावधान गराए ।  ब्रसल्समा ईयूका अन्य २७ सदस्य देशका नेताहरुसँगको बैठकपछि यूरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले ब्रेक्जिटका विषयमा पर्याप्त प्रगति भएको बताएका छन् ।  उनले बेलायती प्रधानमन्त्री टेरिजा मे लाई बधाईसमेत दिएका छन् ।

 

बेलायती प्रधानमन्त्री मेले ईयूसँगको बेलायतको सम्बन्धको दीर्घकालीन आकारहरु तय गर्ने आगामी चरणका छलफलका लागि सृजनात्मक र लक्ष्यका साथ दुवै पक्षले सम्बोधन गरुन् भन्ने आफूले चाहेको बताएका छन् । दोस्रो चरणको वार्ताका लागि युरोपेली युनियनले उसको निर्देशिकाहरु सार्वजनिक गरेको छ र भावी आर्थिक सहकार्यसम्बन्धी छलफलहरु आगामी मार्च अघि सुरु नहुने देखिएको छ । निर्देशिकामा यूरोपेली न्यायालयको अधिकारक्षेत्रभित्र बेलायत रहनेछ र संक्रमणकालीन समयमा कुनै पनि स्वतन्त्र आवागमनका लागि उसले स्वीकृति प्रदान गर्नुपर्ने उल्लेख छ ।(एजेन्सी)


प्रकाशित | २०७४ पुष १ प्रकाशित ०१:४९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ