नेपाल नेक्स्ट टप मोडलको उपाधि विजेस र बिपनालाई

२५ मंसिर २०७४, सोमबार १०:५१

मन्जिल कन्दङ्वा
मंसिर २५, काठमाडौं ।
जमलस्थित राष्ट्रिय नाचघरमा  नेपाल नेक्स्ट टप मोडल सिजन –३ का विजेताहरु घोषणा भएका छन् ।

मोडलिङ प्रतियोगितको फाइनलमा नेपाली चलचित्र जगतका कलाकार राजेन्द्र खड्गी, हाँस्य कलाकार माधव त्रिपाठी, मिस्टर ह्यानडसम २०१७ का अक्षय रायमाझि, आदिको उपस्थिति थियो ।


मोडलिङ प्रतियोगितामा पूरुषतर्फ  बिशेष बज्रचार्य विजेता बन्न सफल भए भने महिला तर्फ बिपना अधिकारी ।  बिपनालाई  ‘पूर्व नेपाल नेक्स्ट टप मोडल सिजन –२ ‘की विजेता मुस्कान गोथानिले ताज पहि¥याई दिएकी थिइन् ।


यसैगरी अनुज शर्मा र रोमी खड्गी “फ्स्ट रनर अप” भए भने डिकेस शाही र सुईकृति थापा “सेकेन्ड रनर अप” हुन सफल भए ।