‘नल्लुका कान्छी र दलचोकीका सानुहरुलाई छुन सकेन् निर्वाचनले’

शशिशेखर घिमिरे
मंसिर १७, ललितपुर ।

२०११ सालमा जन्मीएकी कान्छी सिल्वाल अहिल्य ६३ वर्षकी भईन् । मंसिरको चिसोले घाम प्यारो हुँदै जादाँ त्यसबाट अछुतो रहन कान्छीमात्र कहाँ सक्थिन् र ? उपत्यकाको दक्षिणी कुनो नल्लुमा रहेको आफनै घर अघिल्लतीर दुई नाति संग गफिरहेकी सिल्वाललाई नजिकिदो निर्वाचनले भने कतिको छोएको रहेछ त ,उनकै छोराबुहारीले थापेको पसल बाहिरै बसेरै मैले सोधे ।

आमाको नामः कान्छी सिल्वाल
उमेरः ६३ बर्ष
माईतीः भक्तपुरको गुण्डु
तीन छोरी, एक छोरा साथमा
पतिको देहान्त


हो ,कान्छी सिल्वालको सामान्य परिचय यहि हो । उनै कान्छी नजिकिदो चुनाव’bout भने बेखवर जस्तै रहेछिन् । आमा भोट हाल्न आँउछ ? खै, के आँउछ भन्नु कि आँउदैन् ।  अकमक्दैं कान्छीले  भनिन् । खोई कसरी हाल्ने , मलाई त खासै आउँदैन् बाबु । उनि फिसीक्क हाँसिन् ।
तपाईको गाउँ त रमाईलो रहेछ नि ? मैले फेरि सोधे । उनले मुन्टो हल्लाएर ‘अँ’ भनिन् । यी -यो बाटो पनि भर्खर ठुलो भाको, बनाउँदै छन् ।पहिल्य पारी उ त्यहि घर थियो, घाम ताप्नकै लोभले यता आयौं । चुपचाप बगिरहेको नल्लु खोला पारिको कमेरोले पोतेको दुईतले घर तर्फ देखाउँदै उनले सुनाईन् । भनिन् , “त्यहाँ त घाम नै लाग्दैनथ्यो” । यहाँ बिहान देखि बेलुकासम्म नै लाग्छ । त्यहाँ ११ बज्दा–नबज्दै घाम छेकिन्छ । कान्छीले सुनाईन् ।

हो ,कान्छी जस्ता वृद्ध आमाहरुलाई घाम ताप्नकै लालचाले पारिबाट वारि ल्यायो । टागेले घरबाट ढलान गरिएको घरमा भित्रायो । अनि बृद्ध उमेरमा सुखी जीवन वाँचने लालचाले लोभ्यायो । ललितपुरको कञ्जोसोयम गाउँपालीका अन्र्तगत वडा नंम्वर ४ मा स्थायी बसोवास रहेको कान्छी सिल्वालको आँगन अघि बाट नै मोटरगाडी चढ्ने सपना पनि रहेछ । बिरामी भए घर नजिकै ओषधोमूलो होस् भन्ने चाहान पनि रहेछ । अनि यो उमेरमा घर भन्दा केहि माथि डाँडामा बनेको पाथीभरा मन्दिरसम्म जाने बाटो पीच भईदिए सजिलै देविको दर्शन गर्न जान पाईनथ्यो कि भन्ने अभिलाषा पनि रहेछ कान्छीको ।

बुढ्यौली उमेरमा सुख र शान्तिको दिन बिताउने रहर कान्छी जस्ता थुप्रै वृद्धहरुको हुनसक्छ । जो-यो उमेरमा पनि सन्तान सुख र नातिनातिनाको उज्वल भविष्यको कामनामा नजिकिदों निर्वाचनमा भोट हाल्ने र मनले खाएको उम्मेदवारलाई जिताउने ईच्छामा छन् ‘नल्लु गाँउमा’ । तर बिड्म्वना बिदेशी दातृनियोगबाट भित्रीएको रकमले राजधानी नजिकै बसोवास गर्ने कान्छीहरुलाई भने भोट कसरी हाल्ने कतिवटा मत्रपत्र हुन्छ ? सामान्य जानकारी समेत गराउन सकेको रहेन्छ । अझ विकट दक्षिणी ललितपूरको अवस्था कस्तो होला ? सहज आँकलन गर्न सकिन्छ ।

शहर केन्द्रित मददाता शिक्षा कार्यक्रमले होस् या तारेहोटलमा जम्मा भएर गरिएका छलफलले कसरी दूरदराजमा रहेका बाबुआमाहरुलाई सहि तरिकाले मतदान गर्न सिकाँउला ? मतदाता शिक्षा कार्यक्रमको नाममा थुप्रैले सरकारी र गैह्रसरकारी रकममा तर् मारे  । तर लक्षित वर्गसम्म न तालिम दिन जानेहरु पुगे  न जोकोहि अरु व्यक्ति ।

मतदाता शिक्षा कार्यक्रमको अभावकै कारण स्थानीय निकाय निर्वाचनमा थुप्रै मत बदर भए । मतदान सिकाउने नाममा शहरका सुगम ठाँउ चहारेर गाँउ नपुग्नेहरु ‘मात्र’ मतदाता शिक्षा को नाममा झर्ने रकम कसरी हत्याउने भन्ने सोच मै रहेको देखिन्छ । मतदाता शिक्षाको नाममा सरकारी र ग्रैहसरकारी रकममा र्याल मार्न माहिरहरुलाई मतदानस्थलमा मतदाताहरुले कसरी भोट हाल्ने भन्ने भेउ नपाएर अल्मलीएका दुश्यले कमै छुने गरेको देखिन्छ । नैतिक रुपमा समाजमा उभिएर दुईचार जनासंग वातचित गर्न नसक्ने लाचारहरु मतदाता शिक्षा कार्यक्रममको नाममा रकम मारेर चाउरिएका अनुहार फुकाउदै छन् । यसतर्फ निगरानी गर्न नसक्नु सम्वन्धीत निकायको कमजोरी हो ।

ललितपुर दलचोकीकै सानु तामाङ उमेरले चौविस भए । नजिकिदो निर्वाचनले उनलाई पनि छुन सकेको देखिएन । एक सानी छोरी र श्रीमतिका अभिभावक तामाङलाई नजिकिदो निर्वाचनको कुनै उत्साह नै रहेनछ । चुनाव र नेताहरुको कुरै सुन्न नचाहने सानु दैनिक जस्तो पेट पाल्नकै बाध्यताले गोदावरी नगरपालीका १३ मा रहेको ईट्टाभट्टामा पसिना बगाईरहेका छन् । त्यसो त उनलाई १९ दिने छोरीको लालनपालन मात्र गर्नु छैन, आफू भन्दा झण्डै उमेरले ६ वर्ष कमकी सुत्केरी श्रीमतिलाई तातोमिठो खुवाउनु पर्ने बाध्यता पनि छ । र त सानुलाई दैनिक हजारवटा ईट्टा पारेर हजार नै कमाउनु पर्ने अवस्था छ ।

चुनाव भन्दा ईट्टाको कुरा गर्दा भने केहि हौसिएका सानु काम पहिला जस्तो गाह्रो नभएको सुनाँउछन् । भन्छन् ,“पहिला बिहानी उठेर माटो मुछ्न पथ्र्यो” , जाडो हुन्थ्यो, “धेरै दुखः हुन्थयो”, “तर अहिल्य डोजरले मुछिदिन्छ”, “हाम्ले त ईट्टा पार्ने मात्र हो, “गनेर साहूले लैजान्छ” । सानुले सुनाए । कुराकानीकै क्रममा भोट चाही हाल्न ‘गाँउ जाने कि जनाने’ भन्ने प्रश्नमा ? उनी एक त बोल्नै चाहेनन् , बल्लबल्ल खै “के–को लागी भोट हाल्नु ” ?

एकतमासले बनाउँदै गरेको ईट्टा पार्ने ठाँउबाट नहेरी नै उनले जवाफ फर्काए ।

सानुकी सुत्केरी श्रीमती जो श्रीमानसंगै छेउमा बच्चा बोकेर बसेकी थिइन् । उनलाई अझ चुनावको भन्दा पनि चिन्ता थियो, यो चिसोमा आफनी १९ दिने सानी बच्चालाई जञ्डिस भएको पीडा ।

हो, सानु जस्ता थुप्रै युवाहरुलाई “न निर्वाचन प्रति उत्साह देखिन्छ”,  “न भोट नै हाल्न पर्छ भन्ने सोच” । मात्र उनिहरुलाई दुई छाँक खानकै बाध्यताले “कसैलाई ईट्टाभट्टामा पुराएको छ”, “त कसैलाई सडकपेटीमा” । अनि कतिलाई “डान्सबारमा लगेर नँग्याएको छ” ।

अनि परिवारको सुन्दर भविष्यको कामना गर्दै हरदिन विदेशी माटामो पसिना बगाउन जान पर्ने कहर छ । रहरले भन्दा पनि कहरले आज थुप्रै युवाहरु देशको भूमि बाँजो राखेर पराईको भूमि सिंचन गर्दैछन् ।

हो, यी र यस्तै रुझानका कारण निर्वाचनप्रति आमसर्वसाधारणको चासो र चिन्ता जति हुनुपर्ने हो, त्यति भएको देखिदैन् । राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसिको ठम्याईमा निर्वाचनले सुन्दर भोलीको कामना गर्न नसक्दा विकास र परिवर्तनमा ठोस उपलव्धी दिन नसक्दा युवाहरु प्रति नैराश्यता बढेको अनुभव छ । अझ बर्षौदेखि उहि अनुहार र बिकाउ मुद्धा लिएर गाउँठाउँमा भोट माग्न जाने नेताहरुप्रति आमसर्वसाधारणको रुचि घटाउदै लगेकोमा चिन्ता समेत छ डाक्टर केसिलाई ।

जहाँ “नेता करोडौंको मोटर चढेर पैदल हिड्न पनि हजार चोटी सोच्न पर्ने नागरिकको घरदैलोमा भोट माग्न जान्छन्” । हो, बर्षौ देखि सपनाका चाङ बोकेर कैयौ नेता र उम्मेदवार गाँउठाँउमा पुगेपनि विकासको चाहाना अपुरै रहेका जनतालाई एक किसमिको रुझान र बेखुश हुनु स्वाभाविक नै हो । नेपाल जस्तो गरिव र विकासोन्मुख मुलुकको लागि निर्वाचन सुन्दर बिहानी भएर आउनु पर्ने भएपनि अवस्था त्यो अनुसार हुन नसक्नु दुखद हो ।

जहाँ जुनसुकै निर्वाचनमा टाँठाबाँठाले मात्र राज्यकोषको ढुकुटीमा निर्वाचन मार्फत दोहन गरेकै छन्  । अनि तिनका कार्यकता र आसेपासेहरु मोटाएका छन् । प्रजात्रन्त पुनरप्राप्ती पछिको ३६ वर्षमा मुलुकको अवस्था कस्तो हुनुपर्ने हो आज कस्तो छ ? प्रश्नका फेहरिस्त ठूलै हुन सक्छन् ? केलाउँदे जाने हो भने । सामान्य बाटोघाटोको अवस्था कस्तो हुनुपर्ने हो ? कस्तो छ । गुडिरहेका ट्रली बसहरु राजनीतिक खिचातानीको शिकार भए ।

जेनतेन “कछुवा गतिमै चलिरहेका जनकपुर-जयनगर रेलहरु,” “भ्यागुतो उफ्राईमा आर्थिक क्रान्तिका नारा दिएर नथाक्नेहरुको गुलियो भाषणमै सीमति भए” । मेलम्चीको आशमा ‘कैयौ हिउँद र बर्षा बिते’ । तर जनताले पानी खान पाएनन् । विकासको आशैमा बर्षौसम्म बिताईरहन पर्ने नियती आखिर कहिल्य सम्म ? अनि चुपचाप मतदान मात्र गरिरहन पर्ने कहिल्यसम्म ? प्रश्न देश हाँक्न खोज्नेहरुकालागि ।

 


प्रकाशित | २०७४ मंसिर १७ प्रकाशित ०७:५०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ