चलचित्र ‘कृ’ को ट्रेलरले नयाँ रेकर्ड कायम

२ पुष २०७४, आईतवार ०४:४५

पुस २, काठमाडौं । बहु प्रतिक्षित चलचित्र ‘कृ’ को ट्रेलरले नयाँ रेकर्ड कायम गरेको छ । २४ घण्टा पनि नपुग्दै ट्रेलरले सबै भन्दा बढी पटक हेरिएको ट्रेलरको रेकर्ड आफ्नो पोल्टामा पार्न सफल भएको हो । साथै ट्रेलरले रिलिजको १ घण्टा मै सर्बाधिक पटक हेरिएको रेकर्ड पनि कायम गरेको छ ।

अहिले चलचित्रको ट्रेलर नेपालको ट्रेन्डिङ्गको पहिलो स्थानमा रहेको छ । यस्तै चलचित्रको ट्रेलर नेपालमा मात्र नभएर कतारमा ट्रेन्डिङ्गको ९ औ स्थानमा, अस्ट्रेलिया र जापानको ट्रेन्डिङ्गमा क्रमस ४२ र ४३ औ स्थानमा रहेको छ । अहिलेसम्म ट्रेलरलाई ५ लाख ५० हजार भन्दा बढीले हेरिसकेका छन् । ट्रेलरमा अधिकान्शले सकरात्मक प्रतिकृया दिएका छन् ।

माघ २६ लाई प्रर्दशन मिती तोकेर चलचित्रको प्रचारप्रसार सुरु गरिएको हो । चलचित्रमा अनमोल केसी र अदिती बुढाथोकीको मुख्य भूमिका रहेको छ भने साथमा अनुपबिक्रम शाहि, सरोज खनाल, सुदांम सिके, लक्ष्मी गिरी, रुपा राना, कामेश्वर चौरासिया लगायतको पनि अभिनय रहेको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्रलाई भुवन केसी र सुवास गिरीले सन्युक्त रुपमा निर्माण गरेका हुन् ।