काठमाडौं–३ को प्रदेशसभा (ख) मा रामेश्वर फुयाँल विजयी

२३ मंसिर २०७४, शनिबार १३:३७

मंसिर २३, काठमाडौं । गत विहिबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य अन्र्तगत काठमाडौं–३ को प्रदेशसभा (ख) मा रामेश्वर फुयाँल ६७ मतले विजयी भएका छन् । फुयाँलले १० हजार ८८६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका विमल ठकुरीले १० हजार ८१९ मत ल्याएका छन् ।

यसअघि काठमाडौँ–३ बाट संविधानसभा निर्वाचित फुयाँल यसपटक प्रदेशसभामा उठेका हुन् । प्रदेश (ख) मा भने कांग्रेसका छिरिङदोर्जे लामा ६४४८ मत ल्याएर निर्वाचित भइसकेका छन् ।