एकल साँझको तयारीमा गायिका इन्दिरा

१३ पुष २०७४, बिहीबार ०९:४७

पुस १३, काठमाडौं ।
लोकगायिका इन्दिरा गोले आफ्नो एकल गायन साँझ लिएर दर्शकमाझ आउने भएकी छन् ।
राजधानीमा पत्रकार भेटघाट आयोजना गर्र्दै आगामी २६ फागुनमा “इदिरा गोले एकल सांगीतिक साँझ”को तयारीमा आफू जुटिसकेको उनले बताएकी छिन् ।


यो सांगीतिक साँझमा आफ्ना चर्चित डेढ दर्जनभन्दा बढी गीत गाउनेका साथै विभिन्न जात्राबाट आफ्नो गायन सुरु गरेर मूलधारको गायनमा आएको पनि उनले बताइन् ।
एकल साँझ आगामी फागुन २६ राजधानीमा आयोजना गरिने पनि आयोजक हिमालयन इन्टरटेन्मेन्ट प्रालीलका सुवास पाख्रीन लामाले जानकारी गराए ।