अपरिचित उड्ययन वस्तुको जाँचमा अमेरिकाले करोडौं डलर खर्चियो

२ पुष २०७४, आईतवार ०३:१६

पुस २, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अपरिचित उड्ययन वस्तुहरुको खोजी तथा जाँचका लागि करोडौं डलर खर्च गरेको खुलासा भएको छ ।

अमेरिकी रक्षा विभागले सन् २००७ देखि २०१२ सम्म यस्ता अपरिचित उड्ययन वस्तु अर्थात अनआईडेन्टीफाईड फ्लाईङ अब्जेक्ट यु।एफ।ओ।को जाँचका लागि गोप्य रुपमा २० मिलियन डलर खर्च गरेको खुलासा भएको हो । यो कार्यक्रमका बारेमा धेरै कम अधिकारी मात्र जानकार भएको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले जनाएको छ ।  यो कार्यक्रममार्फत् तीव्र गतिमा उड्ने विमान र आकाशमा देखिने शंकास्पद वस्तुहरुको अनुसन्धान गरिएको थियो ।  वैज्ञानिकहरुले यस्ता चिजलाई रहस्यमय मान्दै आएका छन् । उनीहरुले यसलाई अन्य ग्रहमा रहेको जीवन अर्थात् एलियन हुनसक्ने बताउँदै आएका छन् ।(एजेन्सी)