अन्तराष्ट्रिय ह्वीलचियर क्रिकेट प्रतियोगिता हुने

२७ मंसिर २०७४, बुधबार ०८:२८

मंसिर २७, काठमाडौं ।
नेपालमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको छ । बिहीबारबाट किर्तिपुरस्थित क्रिकेट मैदानमा त्रिकोणात्मक शृंखला आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेश रहेका छन् ।


ह्वीलचियर क्रिकेट संघ नेपालको आयोजनामा हुने टी २० क्रिकेट प्रतियोगिताका लागि नेपालले हिमाल अर्यालको नेतृत्वमा १४ सदस्यी टोली छनोट गरिसकेको संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले बताए । पुस १ मा फाइनल खेल हुनेछ ।
उदघाटन खेलमा नेपालले बंगलादेशको टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली ह्वीलचियर क्रिकेट टोलीको सद्स्यहरुको नाम ः
हिमाल अर्याल –कप्तान), डिगमसिंह चेमजोङ, भरत कार्की, राजु कटुवाल, डम्बर थापा, दानबहादुर थिङ, खनीनारायण पौडेल, बिष्णु अधिकारी, जंगबहादुर रुचाल मगर, बिपिन पौडेल, यमबहादुर श्रेष्ठ, नवीन राई, रामबहादुर तामाङ र राजु गुरुङ ।